Posted by: REJINASHAH June 12, 2008
अन्तिम आसा
Login in to Rate this Post:     0       ?        

अन्तिम आसा

म आफैमा मौन छु । मनका आसा हरुले म बाट बिदा लियर हिडिसके शायद ममा ति आसाहरुले वास्तविक धरतालमा उतर्न सक्ने समर्थेको कमी भयको आभास पयर होला। मैले आफ्नो जीवनलाई धेरै टाढा लगी सकेको रहेछु। जहाँ आसा गर्नु भनेको हत्केलाले घाम छेक्नु र आकाशमा महल बनाउन जस्तो छ। मनमा निहालेर हेर्ने हो भने कही कही आसाका छिट पिट थोपाहरु छन तर म यसलाई आसाको रुपमा हेर्दिन। जसलाई सबै उमेर भनेर नमकरण गर्छन् । बस तेही उमेरका घडीहरुलाई बिताउदै यो आफ्नो आसा बिहिन सरिरलाइ सधैंकोलागी बिस्राम दिने समयको पर्खाइमा छु । कसै सँग मोह छैन मलाई,अनी कसै प्रश्नको जवाफको आवसेक्ता छैन मलाई। म आफै प्रती प्रश्न गर्छु र आफ्नै प्रती उतरमा खुशी छु। मानिसहरु छितिजमा आफु पनि पंक्षि सरी उडेको मिठो काल्पनिक आसामा मग्न हुन्छन,फूलका थुङाहरुमा आफ्नो मायाको आभाश पाउछन,आकासको जुनलाई उडी छुने आसामा लालाइत हुन्छन। तर मलाई छितिजमा पंक्षिसरी उदने काल्पनिक अभिलाषा छैन किनकी मत कल्पनामै पंख बिहिन छु अनी उदु कसरी, मेरा लागि ति सुगन्धित फूलका थुङा कोपिलामै झरी सके अनी म कसरी प्रेमको आभाश पाउने, मेरो चन्द्रमा आकाशबाट हरयको धेरै भाईसक्यो अनी म कसलाई छुने। होटहरुले हास्न छोडि सके, आँखाहरुले रुन भुलिसके, जब मनमा खुशी छैन हास्नु पनि कसरी, आँखाहरुमा आसुनै छैन रुनु पनि कसरी। केवल आरुले हासेको हेरिरहेको छु अनी अरुले रोयको देखी रहेको छु। तर मलाई खुशी बिनानै हास्नु छ र आसु बिनानै रुनु छ। केवल देखाउनको लागि सिक्नु छ। एउटा रङमन्चको पात्र सरी केही छिनलाई मात्र जती बेला म यो संसारबाट बिदा हुनेछु। बस यही झिनो आसा छ केवल झिनो आसा .........................

Read Full Discussion Thread for this article