Posted by: *~Spring~* June 11, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        
 

दीप ज्यु को तर्फ बाट Sunscreen को नेपाली translation भर्खरै प्राप्त भएको छ

translation - sunscreen
बोडिङ पढेकाले त बुझ्लान अरुलाई चै सूर्यलेपको बयान सुनाउनु पर्दैन? बदमास!

लौ आयो हेरी घच्चिको सूर्यलेप
रच्छे गर्छ गाँठे यस्ले हरेक खेप
च्याप च्यापे होस गर्मी कि हप्प आउने पसिना तरतरी
गर्छ काम यस्ले हेरी झिमिक्कै नगरी
षश/ख किरण हुन वा राप कि पसिना लाउँछ तह
यही हो बेला सुन सबैले बशन्तीले के भन्या छ

सूर्यलेप त माल खतरा हो
दल्नु दलेसी घामले कसरी चिल्ने हो
घामाँ बस्दा हुँदी घस्ने हो
मजा अनि त लुट्नु लुट्ने हो

बुझ्या छ कुरा लेपको ए मर्न नसक्याहरु हो
लेप दल्ने भन्या हप्तै भरी हो
पोलिने, खुईलिईने, रातै हुनै पिरै नगर्नु
दाउरा झै हुन्छ कि छाला भन्ने चिन्तै नगर्नु

सल्लाह यही हो मेरो मोरा मोरीहरु हो
चेट नहुन्जेल लेप दल्नु दल्ने हो
गर्मी, झर्ने, जम्ने, फुल्ने मौसम जे होस
पैला लेप दलेर मात्रै अरु थाङ्ग्ना लगाईयोस

Read Full Discussion Thread for this article