Posted by: gahugoro June 11, 2008
Country of Injustice
Login in to Rate this Post:     0       ?        
ज्यानमारा लोग्ने
पत्नीलाई जिउ“दै आगो लगाउने पति प्रहरी खोरमा

चाबहिल गङ्गाहिटीका मुरारी धमला यतिबेला प्रहरी हिरासतमा छन् । आफ्नै पत्नीलाई आगो लगाई हत्या गरेको अभियोग छ उनीमाथि । तर, उनी आफूलाई निर्दोष भएको दाबी गर्छन् ।
जेठ ९ गते राती १० बजे आफ्नै घरमा बुबाले मट्टीतेल खन्याएर आमा अम्बिका धमला, ४१, लाई आगो लगाएको छोरी ऋचाको भनँइ छ । कम्मरभन्दा माथिको पूरै भाग जलेकी अम्बिकाको जेठ १६ गते उपचारका क्रममा मृत्यु भएको हो । घटनाको राती स“गै जोडिएको कोठामा सुतेकी थिइन् ऋचा । भन्छिन्, "आमालाई आगो लगाउनुअघि मेरो कोठामा बाहिरबाट लक गरएिकाले म झ्यालबाट निस्किए“, निस्क“दा बुबा जलिरहेकी आमाको तमासा हेररिहेका थिए ।" मादक पदार्थ सेवन गरेर आएका मुरारीले भान्सामा खाना तताउने क्रममा पछाडिबाट मट्टीतेल खन्याएर अम्बिकालाई आगो लगाएको परविारका सदस्य र छिमेकीहरूले दाबी छ ।
ऋचाले ज्यान मार्ने उद्योग अर्न्तर्गत जाहेरी दिएपछि जेठ १३ गते मुरारी पक्राउ परेका हुन् । अम्बिकाका भाइ भूपाल थापाले पनि जेठ १७ गते उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गराएका छन् । मुरारी उल्टै अम्बिकालाई उद्धार गरेको दाबी गर्न पछि परेका छैनन् । भन्छन्, "म घर आइपुग्नेबित्तिकै कान्छी श्रीमतीबाट छोरो जन्माएर तै“ले मलाई धोका दिइस् भन्दै गाली गर्न थालेपछि म कोठामा सिरक ओढेर सुतेको थिए“ । एकछिनमै मर“े भन्ने आवाज सुने“ । हर्ेदा अम्बिकाको शरीरमा आगो बल्दै थियो । तत्कालै मैले ओढेको सिरकले छोपेर आगो निभाएको हु“ ।"
घटनास्थलमा सिरक, झ्यालको पर्दा र एउटा पत्रिका जलेको अवस्थामा भेटिएको छ । साथै, बोतलमा आधा भाग मट्टीतेलसमेत फेला परेको छ । हातको छाप बस्दैन र उम्कन सजिलो हुन्छ भन्ने उद्देश्यले बोतलमा कपडा बेरेको प्रहरीको अनुमान छ । महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक यमबहादुर पाल भन्छन्, "अनुसन्धान जारी रहेकाले अहिले नै यसै भन्न सकि“दैन ।"
बाबुलाई प्रहरीले पक्राउ गरेपछि कोही पनि आफूलाई भेट्न नआएको ऋचाको दुःखेसो छ । उनी मामाको डेरामा बसिरहेकी छन् । भन्छिन्, "आफ्नै ठूलोबुबा, काका भए पनि आमाको काजकिरयिामा बाहिरको मान्छेलाई राखियो ।" हत्या गर्न उक्साएकाले सानीआमालाई पनि कारबाहीको दायरामा ल्याउनु पर्ने उनको माग छ ।

हत्याको कारण
राजधानीस्थित आन्तरकि राजस्व कार्यालय क्षेत्र नं २ का अधिकृत मुरारीले अम्बिकाबाट छोरा नजन्मिएपछि सात वर्षघि कान्छी भित्र्याएका हुन् । एक वर्षस“गै बसे पनि कान्छी ममतालाई डेरा लिएर गठ्ठाघरमा राखेका थिए । त्यसयता सातामा एक-दर्ुइपटक घर आउने मुरारीले पछिल्लो समय घर्रखर्च र दर्ुइ छोरीको पढार्इखर्चसमेत दिन छाडे । अम्बिकाले सुकेधारामा कर्ुता-सुरुवालको पसल खोलेर आफ्नै कमाइबाट घर्रखर्च धान्दै आएकी थिइन् ।



उनले गत वैशाख ५ गते नर्सिङ् सकेकी जेठी छोरी लिजालाई अस्ट्रेलिया पठाएकी थिइन् ।
मैतीदेवीस्थित युनिभर्सल कलेजमा ११ कक्षामा अध्ययनरत कान्छी छोरी ऋचा सानीआमा ल्याएपछि बाबुले पढाइमा सहयोग नगरेको र जहिले आउ“दा पनि विभिन्न बहाना गरेर झगडा मात्र गर्ने गरेको बताउ“छिन् । उनका अनुसार, बहुविवाह गर्दा मुरारीले अम्बिकालाई 'म परविार नियोजन गर्छर्ुुबच्चा जन्माउदिन“' भनेर फकाएका रहेछन् । तर, परविार नियोजन गर्छर्ुुनेका पतिबाट वैशाख २९ गते छोरा जन्मिएको खबर अम्बिकाले आफन्तमार्फ जेठ ९ गते मात्र सुनेकी थिइन् । त्यसै दिन उनले जिउ“दै जल्नुपर्‍यो । मृत्यु हुनु दर्ुइ दिनअघिसम्म पनि अम्बिकाले आफूलाई श्रीमान् मुरारीले नै मट्टीतेल खन्याएर आगो लगाएको बयान प्रहरी र आफन्तलाई दिएकी थिइन् ।

प्रहरी नै शङ्काको घेरामा
प्रहरी प्रधान कार्यालयले जेठ १८ गतेको बुलेटिनमा ग्यास सिलिन्डर पड्किएका कारण घाइते भई वीर अस्पतालमा उपचाररत अम्बिका धमलाको मृत्यु भएको भन्ने समाचार प्रकाशन गर्‍यो । त्यसले हत्या प्रकरण झन् रहस्यमय भएको छ । प्रहरीबाटै त्यस्तो समाचार आएपछि अपराधीलाई बचाउने खेल भएको आफन्तजन बताउ“छन् । घटनाको नौ दिनपछि प्रहरीबाट आएको गलत सूचनाबाट घटनाको ढाकछोप गर्ने प्रयास भएको मृतकका भाइ भूपालको आरोप छ ।
बौद्धका प्रहरी नायब उपरीक्षक पाल भने घटनालगत्तै गौशाला प्रहरीले दिएको जाहेरीका आधारमा समाचार आएको बताएर पन्छिन्छन् । प्रहरी प्रधान कार्यालय स्रोत भने महानगरीय प्रहरी वृत्त बौद्धले नपर्ठाई त्यस्तो समाचार प्रकाशन हुन नसक्नेे जनाउ“छ । यसअघि विभिन्न महिलावादी सङ्घसंस्थाले हत्याको आरोपमा पक्राउ परेका मुरारीलाई कडा कारबाहीको माग गर्दै प्रहरी कार्यालय घेराउ गरेका थिए । सभासद् सपना प्रधान मल्ल एक श्रीमतीस“ग उत्सव मनाउने र अर्की श्रीमतीको हत्या गर्ने मुरारीजस्ता पीडकलाई कारबाही गर्न प्रभावकारी कानुनको आवश्यकता औ“ल्याउ“छिन् ।

Read Full Discussion Thread for this article