सरु भक्त जी,
हो जिन्दगी बिजगणित को समाधान ननिस्कने समीकरण जस्तो। ज्ञात भन्दा अज्ञात पक्ष धेरै हुने। सर्पको खुट्टा सर्पले मात्र देख्छन रे। त्यसैले होला धेरै को दु:ख देखेको छु, तिनै मध्ये केही लेखेको छु।
रबी जी,
यती छिट्टै कहाँ को सेन्टी भएको भने? कथा त बल्ल सुरु भयो। अझ के के देख्नु पर्ने हुन संझना दिदी ले? जिन्दगी को भरोसा छैन र पनि बाच्नु पर्छ। सास रहे सम्म आश त रही रहन्छ नि।
V2001 जी,
धेरै नेपाली दिदीहरु को काहानी सँग मिल्न सक्छ संझना दिदी को ब्यथा। अझ द्वन्द काल पछी त यस्ता दु:खद काहानीहरी गाउं गाउं शहर शहर होला नै। आफुले देखेको र भोगेको बाहेक न लेख सक्दिन। मेरो कमजोरी यही हो।
नारायण जी,
दु:ख लागेर निशब्द हुनुभएको कि ? झूर लागेर? बुझ्न सकिएन है।
प्रेरणा जी,
मृत्यु साश्वत हो। कसैले रोक्न सकिन्न। तर तपाईं ले भने जस्तै एक अस्वाभाबिक मृत्यु लाई टुलु टुलु हेर्नु त्यो भन्दा पीडादायक क्षण के होला र।
हेर्दाइ जाउं, संझा दिदी को जीवन संघर्षले कहाँ कस्तो मोड लिन्छ।
क्रेजी जी,
मिराकल भनुं या चमत्कार, चिकित्सा बिज्ञानमा धेरै भएका छन। संझना दिदी को बुढाको रोग मा नि चमत्कारी परिणाम् हुन्छ कि? मैले पनि आश गरेको छु।