Posted by: chanaa_tarkaari June 11, 2008
ज्ञानेन्द्रको खराब दिन
Login in to Rate this Post:     0       ?        

ज्ञानेन्द्रले नारायणहिटी छोड्न अगाडी पत्रकार सम्मेलन गरेछन, त्यहि न्यूज फलो गर्दै छु । एकमनमा ज्ञानेन्द्रको टीठलाग्दो हालतदेखि साह्रो दया पलायो । झन दरबार भनीएको गोरखा दरवारका भित्री फोटाहरु, नागार्जुनका कक्षहरुको फोटोहरु देखेपछि यस्तो लाग्यो, भगवानले मेरो सातजन्मको शत्रुलाइ पनि "नेपालको राजा भएस" भनेर आशीर्वाद नदेओस । राजा भनेर के गर्नु, भवनको हालत त्यस्तो गएगुज्रको, सबै कोठामा एसि त के पंखा पनि छैन ।  शासनका जम्माजम्मि दुइ अढाइ बर्षले यिनलाइ यिनका पितापुर्खाहरुदेखि सबैको दोषको भारी बोक्ने बनाइदियो ।

जे होस, राजा बनेर ज्ञानेन्द्रले निम्ताएको खराव दिनको एक पाटो पटाक्षेप भएको छ । उनको खराव दिन शायद सकियो जस्तो लाग्छ ।

-------------------

(आफ्नै कुरो : गत एक हप्तादेखि विरामी परेर थल्लिएको छु, शुरुमा साधारण रुघाखोकि भन्ठानेको, हैन रहेछ, निमोनिया रहेछ । दुइदिन अगाडी थाहा लाग्यो, र औषधि परिवर्तन गरेपछि बल्ल केहि राहत महशुस गर्दैछु । यो वीच फोनसम्पर्क गर्न खोजेका साथिभाइहरुसित कुरा गर्न पनि सकिएन, इमेलका जवाफहरु पनि दिन सकिएन । अव विस्तारै गर्न सकिन्छ होला भन्ने आशा छ ।)

Read Full Discussion Thread for this article