Posted by: Amazing June 11, 2008
ज्ञानेले राजदरबारबाट बिदा.........
Login in to Rate this Post:     0       ?        




 
मलाई नेपालको माया छः ज्ञानेन्द्र
नेपाल जापान डट् कम् सम्वाददाता
काठमाडौं  जुन, ११

पूर्वराजा ज्ञानेन्द्र शाहले आफु नेपाल छोडेर नजाने र मातृभुमिको माया रहेको बताउनु भएको छ ।

नारायणहिटी राजदरबारस्थितको कास्की हलमा भएको पत्रकार सम्मेलनमा उक्त कुरा बताउनु भएको हो । बुधबार अपरान्ह ५:३३ बजेबाट सुरु भएको पत्रकार सम्मेलनमा आफुलाई दुई/दुई पटक राजा बनाएको बताउँदै राजदरबार हत्याकाण्डको बारेमा पनि खण्डन गर्नु भयो ।

उहाँले मलाई नेपालको माया छ र म नेपाल छोडेर कुनै देश जादैनौं उहाँले बताउनु भयो । विगत सात वर्षमा आफुबाट भएको कमि कमजोरीहरु प्रति दुःख व्यक्त गर्नु भयो ।  "मेरो अन्तर आत्मामा गुजरि रहैको कुरा इश्वरलाई साकक्षि राखि भन्नु पर्छ मेरो शिरमा दुई पटक श्रीपेच आयो र राजदरबारमा भएको हत्या भएको विभत्स घटना मेरो अन्तर आत्माबाट ब्यक्त गर्न सक्दैन" ।

हाम्रो परिवारमाथि लगाएको आरोपमाथि कोइ बोल्ने र सहयोग गर्ने केही भएन उहाँले बताउनु भयो । हत्याकाण्डमा घाइते भएका केही मानिस अहिले पनि जिवितै छ । मेरो श्रीमतिको शरिरमा अहिले पनि गोली छ, निकाल्न पाएको छैन उहाँले जिकिर गर्नु भयो ।

साथै म माथि लगाएको आरोपहरु निराधार रहेको छ, मैले कुनै सम्पति विदेशमा राखेको छैन । मेरो सम्पूर्ण सम्पति नेपालमा नै छ र पूर्वजबाट आएको सबै सम्पति संस्थागत नाममा नै छ, राजपरिवारको कुनै पनि परिवारको व्यक्तिगत सम्पति लिएको छैन उहाँले बताउनु भयो ।

ऐतिहासिक संविधानसभा निर्वाचनको परिणाम स्वीकार्दै उहाँले भन्नु भयो "मलाई स्वतन्त्र राष्ट्र नेपालको माया छ" । "मैले सबै नेपालीको हित होस् भने कामना छु र श्रीपेच र राजडन्ड आजैदेखि नेपाल सरकारको जिम्मामा दिन्छु" भने बताउनु भयो । 

अन्तमा मैले राष्ट्र अध्यक्षको हैसियतबाट विगतको समयमा भएको कमि /कमजोरी प्रति दुःखित छु, सबै नेपालीहरुको भगवात पशुपतिनाथले कल्यान गरौंस् भन्दै पत्रकार सम्मेलनको अन्त्यको घोषणा गर्नु भएको थियो ।

पत्रकार सम्मेलन ५:५५ बजेसम्म चलेको थियो । पत्रकारहरुको प्रश्नमा पूर्वराजा ज्ञानेन्द्रले केही प्रतिक्रिया व्यक्त गर्नु भएन ।



 
प्रिन्ट गर्नुहोस्

अरु समाचारहरु मिति







































Read Full Discussion Thread for this article