Posted by: nAyAni June 10, 2008
तीम्रा नयन
Login in to Rate this Post:     0       ?        

Hello Everybody!!!                                                     

This is my first post in sajha. I wanted to start with something good so tried to jot down some feelings  . Hope you will like it .  I apologize for the grammatical mistakes you see here and there. This is due to my lack of nepali typing skill .

  

तीम्रा नयन

त्यहाँ तिमी यहाँ म

आफ्नै गतीमा चलीरहेका जीवनहरु

तर कहिलेकाही आनायसै जुधिदिन्छन नयनहरु

त्यती बेला लाग्छ स्वर्गलोक यही हामी बीच आए जस्तो

बतासले पनि मिठो धून गुनगुनाए जस्तो

सोध्न मन लाग्छ,   के तिमी लाई पनि त्यस्तै हुन्छ ?

कसैको हेराइले आत्मालाई छुन्छ ?

तर साहास जुटदैन ती नयनहरुलाई नजिकबाट हेर्ने

मनमा उठेक अनेक तरङहरुलाई तिमी सामु कोर्ने

डर लाग्छ कतै ती नयनहरु हराए भने ?

अरु कसैले आफ्नो संसारमा सजाए भने ?

मत मात्र दर्सक हुनेछु

शायद ती नयनहरुको सम्झनामा एकान्तमा रुनेछु

तब मेरो बर्तमान झसँग हुन्छ

मनमा साहसले सगरमाथा छुन्छ

थाहै नपाई आफुलाई उनिसामु पाउछु

तर मनका कुरा पोखन आलिकति लजाउछु

उनि मुसुक्क हासेर सोध्छीन्, "चाहन्छौ तिमी मलाई?"

म भन्छु, "जन्म जन्मलाई"

उनका ती नयनहरु झुक्छन लजाएर

म जीउनेछु सधैं उनका नयनहरुमा हराएर..................

Read Full Discussion Thread for this article