Posted by: Birkhe_Maila June 9, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

परिक्षाफल प्रकाशित:

 

परिक्षा नियन्त्रण कार्यालय चौतारीले, गत शुक्रबार लिएको प्रथम चौतारी परिक्षाको परिक्षाफल प्रकाशित गरेको छ! प्रथम पटक लिइएको यस परिक्षामा कुल परिक्षार्थीहरु मध्ये जम्मा ४२.८५७ प्रतिशत परिक्षार्थीहरु पास भएका छन भने महिला परिक्षार्थीहरु ६०.०० प्रतिशत पास भएका थिए। उत्तरपुस्तिका जाँचको सिलसिलामा केहि बिद्ध्यार्थीहरुले प्रश्नपत्र राम्रो संग नपढेको समेत देखिन आएकोमा कापि जाँच्दा यस्ता कुरा बिचार गरेर अंक तलमाथी पनि पारिएको थियो। पहिले नै भने अनुसार नक्कल गर्ने तर सक्कली उत्तर दिनेलाई पुरा अंक प्रदान गरिएको छ। नतीजा यस प्रकार छ-

 

श्री रिठाराम रायमाझी -  १.३३ अंक

(निजले केवल दुईवटा एक्स्ट्रा क्रेडिट प्रश्नको मात्र उत्तर दिएका थिए!)

श्री सुन्तलमान स्थापीत- २०.०० अंक

श्रीमती चेलीमाया चाम्लिङ्- ३०.०० अंक

श्रीमती/सुश्री  बसन्ती बाँसकोटा- ३०.३३ अंक

श्रीमती सान्नानी सापकोटा-  ७७.०० अंक

सुश्री दीपीका दवाडी - ९०.०० अंक

सुश्री ठुल्नानी ठकुरानी- ९०.०० अंक

(निज ठकुरानीले परिक्षा निर्देशन राम्रो संग नपढेर भनिए भन्दा बढि प्रश्नको उत्तर दिएकोले पुरा अंक पाउँदा पाउँदै पनि १० अंक घटाइएको छ!)

 

प्रथम द्वितिय र तृतिय हुनेलाई पुरस्कारको व्यवस्था भएकोमा, प्रथम स्थानमा २ जना परेको र जम्मा ३ जना पास भएको स्थितीलाई ध्यानमा राख्दै, सम्पूर्ण परिक्षार्थीहरुलाई १०- १० अंक थप गरिएको छ! १ अंक थपेपछिको नतिजा यस प्रकार छ-

 

श्री रिठाराम रायमाझी -  १०.३३ अंक

श्री सुन्तलमान स्थापीत- ३०.०० अंक

श्रीमती चेलीमाया चाम्लिङ्- ४०.०० अंक

श्रीमती/सुश्री  बसन्ती बाँसकोटा- ४०.३३ अंक

श्रीमती सान्नानी सापकोटा-  ८७.०० अंक

सुश्री दीपीका दवाडी - १००.०० अंक

सुश्री ठुल्नानी ठकुरानी- १००.०० अंक

 

यसै साथ सुश्री दीपीका दवाडी र सुश्री ठुल्नानी ठकुरानीलाई प्रथम घोषणा गरिन्छ! सुश्री सान्नानी सापकोटा द्वितिय भएकि छिन भने श्रीमती/सुश्री बसन्ती बाँसकोटा तृतिय भएकि छिन्! त्यस्तै श्रिमती चेलिमाया चामलिङ पास भएकि छिन्। आजको मितीले १ हफ्ता भित्र, तोकिएको पुरस्कार टक्र्याइने छ! पहिले नभनिएता पनि प्रथम स्थानमा पर्ने दुवैजनाले प्रथम पुरस्कार पाउने छन भने पास हुनेलाई सान्त्वना पुरस्कारको पनि व्यवस्था छ! करिव ७ दिन प्रतिक्षा गर्नुहोला!

(नोट: अंक चित्त नबुझेर राहुलभाई रायमाझी संग सम्पर्क गरेर रिटोटलिङ लाई निवेदन दिन सकिन्छ!)

धन्यवाद्!

 

 

 

Last edited: 09-Jun-08 09:08 AM
Read Full Discussion Thread for this article