Posted by: pops June 8, 2008
नेपाल मा कम्युनिस्ट बिरुद्ध आत्मघाती दस्ता तैयार: त्पैको बिचार?
Login in to Rate this Post:     0       ?        

माओबादीले हिन्दु बिरुध्ध हतियार उठाए भन्ने नै सत्य होइन। उनिहरुको कथित जनयुध्ध को क्रममा कतिपय मन्दिरहरुमा क्षति पुर्याउने, मानिसहरुको धार्मिक आस्थामाथी भौतिक र भावनात्मक रुपमा पनि आक्रमण गरेकै हुन। तर उनिहरुले गरेका अन्य ज्यदति मध्य यो पनि एक् थियो। यसकै आधारमा हिन्दु बिरुध्ध हतियार उठाएको भन्न मिल्दैन।

दोश्रो-जन आन्दोलनपछि नेपाल धर्म निरपेक्ष भए पछिको आक्रोस हो भने अर्कै कुरा हो। गणतन्त्र घोषणाको बिरोध हो भने अर्कै कुरा हो। यसको बारेमा छुट्टै बहस गर्न सकिन्छ। फेरी सातै पार्टीको सहमतिमा भएको निर्णय भएको हुनाले कम्युनिस्टहरु बिरुध्ध भन्ने तर्कको कुनै तुक छैन।

माओबदीको शसस्त्र सङर्शको हामीले बिरोध गरेकै हो। एुटाले हतियार चलाउदा ठिक र अर्कोले चलाउदा बेठिक त हुदैन त। यदी कसैलाई हिन्दु राष्ट्र बनाउन मन छ भने-जनताको मन जितेर शान्तिपुर्ण आन्दोलन गर्न सक्छन।

Read Full Discussion Thread for this article