Posted by: saru_bhakta June 8, 2008
एउटा अन्तर्द्वोन्द..........
Login in to Rate this Post:     0       ?        
 लाग्दछ मेरो लागि यथार्थ र सपना कुनै फरक कुरा हैनन । यथार्थ मा रहेर सपना सजाइ रहेको हुन्छु या भनौ सपनामा एउटा यथार्थ लाई कल्पिरहेको हुन्छु । न त मलाई चेस्टा नै छ म सपना रुपी काल्पनिक यथार्थमा हराइ रहेको छु । या भनौ एउटा यथार्थको सन्जालमा जकडिएको छु । आखिर के नै अन्तर छ र एउटा असार्थक यथार्थ र एउटा स्वप्नमा ? दुबैको कुनै अस्तित्व छैन अनी दुबैको पतन निस्चित छ । तर पनि किन किन मलाई एथार्थ भन्दा सपनानै प्यारो लाग्छ, आफ्नो लाग्छ अनी आत्मिय लाग्छ । कमसेकम सपनामा म रमाउन त सक्छु । हो कल्पनाको कुनै सिमा छैन, हो यो निरन्तर छ तर एथार्थमा एउटा चलचित्र हेरेको जस्तै, बिच बिचमा यथार्थ रुपी बिज्ञापनिक बिश्राम हरु । म निदाउन चाहन्छु अनी सपनामा हराउन चाहन्छु । हो त्यहाँ मेरो छुट्टै अस्तित्व छ अनी त्यहाँ म खुलेर हाँस्न सक्छु अनी खुलेर जिउन सक्छु । हो मेरो सपनाले कहिले पुरा नहुने अस्तित्व बोकेको छ तर पनि एउटा सुन्य यथार्थ भन्दा निकै माथि छ त्यो । हो म सपनामा छु, एउटा काल्पनिक दुनियाँमा जुन कहिले पनि यथार्थ हुन सक्दैन तर पनि मलाई त्यही संसार राम्रो लाग्छ अनी प्यारो लाग्छ । म निदाउने प्रयास गर्दैछु या भनौ बन्द आँखाबाट एउटा कहिले पुरा नहुने यथार्थ लाई कल्पिन चाहन्छु । मलाई यथार्थको एउटा सुन्य जिन्दगी भन्दा कल्पनाको हजारौं जिन्दगी रमाइलो लाग्न थालेको छ जहाँ म आफुलाई जुनसुकै रुपमा पनि ढाल्न सक्छु कुनै सन्कोच अनी कुनै हिच्किचाहट बिना । मलाई लाग्छ मलाई ब्युँझाउनेहरु मेरो अस्तित्वलाई संकटमा पार्दैछन । मलाई निदाउनु छ एउटा चीर निन्द्रामा, जहाँ कुनै यथार्थ रुपी बिज्ञापनको कुनै अस्तित्व छैन, जहाँ यथार्थ रुपी बिश्रामले मेरो दुनियाँलाई बिगार्ने छैन अनी बिथोल्ने छैन ।।
Read Full Discussion Thread for this article