Posted by: SurNaTal June 6, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

२)     श्री लहरेकान्त लाकौलको पुरा नाम र पद लेख्नुहोस!

उत्तर: यो प्रश्न अलिक चलाखी पूर्ण सोधिएको जस्तो बुझिन्छ। लहरे वा लहरे कान्त लाकौल पनि भनिने श्री सेरियलमान श्रेष्ठ मान्छे जस्तो नाम र काम पनि उस्तै झांगिने रहेछन। जहिंतहीं ढाकेको छ, बर्खाको फर्सी, इस्कुस, तिते करेला, कुभिण्डो र कांक्राको लहारा जस्तो। छारी, माच, बार, थांक्रा, आरुको र बखडाको बुटो, किम्बुको बोट केही छाडेको छैन, लहराले। यानी लहरेले। भन्न खोजेको, चौतारी रसरंग प्रधान पनि उही रे, चौतारी गित संगित टाँसटुस माहशाखाका अध्यक्ष पनि उही रे, चौतारी गालिगलौज तथा निरलज्जि समाजका अध्यक्ष पनि उही रे। तेती मात्रा हो र। इन लोकेसन, न्यूज डिभिजन  चौतारी समाचार समिती का बरिष्ट संवाददाता रे, 'चौतारी गणतान्त्रिक जदौ सुधार समिती महासचिब' रे, 'घाइते उद्धार हेतु स्वउद्धार परियोजना महानिर्देशक' रे, 'उस्ताद  चौतारी शाम-ए-गलज प्रतिष्ठान प्रमुख' रे। के रे कु रे। एस्ता बहुरुपी लहरे कान्त लाकौले आफ्नो जिब्रो सुधार्न नसकेको तथा सधैं भरी बोर र टेन्सन मात्रा मानि रहेने बानी पनि नछोडेकोले सबै लहरा मासेर मकै छरे घर पनि उजेलो हुने, पोली खान मिठो पनि हुने भन्दै खै कस्कस्ले 'चौतारी रसरंग प्रधान' तथा 'चौतारी गित संगित टाँसटुस माहशाखाका अध्यक्ष' मात्र हुने गरी तल्ला गराको छेउमा जाते तरुल जस्तो ए झ्यांग मात्र रोपेका छन भन्ने बुजिएको छ।

Read Full Discussion Thread for this article