Posted by: Nepe June 6, 2008
केही गजलहरु
Login in to Rate this Post:     0       ?        

Waka-jee,

 

फरक विषय छान्नुभयो, राम्रो कुरा हो यो । विषयगत विविधताको लागि पनि राम्रो भयो, समसामयिक मुद्धाहरुमा कवितागत टिप्पणीद्वारा हाम्रो समयचेत र दृष्टिकोणलाई तिखार्न पनि भयो ।

 

दृष्टिकोण भन्ने कुरा अक्सर विविधतापूर्ण र नीजी हुन्छ । दुईजनाको दृष्टि एउटै हुनुपर्छ भन्ने केही छैन । मूल कुरा कविले आफ्नो अन्तरात्माले देखेको कुरा लेख्नुपर्छ । त्यति भए पुग्छ ।

 

सामाजिक-राजनैतिक विषयमाथी लेख्दा एउटा विचार पुर्‍याउनुपर्ने तर अक्सर नपुग्ने कुरा हो नारावादी हुने वा सौन्दर्य कम हुने डर । कहिलेकाही केही सम्झौता गर्न सकिन्छ, स्वीकार्य हुनुपर्छ । तर गजलमा सदैव कवितात्मक सौन्दर्यलाई बढावा दिनुपर्छ । नत्र गजल नै किन भन्ने प्रश्न उभिन्छ ।

 

तपाईको गजल साधना निरन्तर रहोस् । मैले शिरीषको धागोमा भनेको कुरा याद राख्नुहोला । गजलमा निपुण भएपछि अरु खाले कविता भनेको बायाँ हातको खेल हुन जान्छ ।

 

Nepe

Read Full Discussion Thread for this article