Posted by: Birkhe_Maila June 6, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

बङ्गुरको हर्के स्टाइलको छोयला बनाउने बिधी-

 

सामाग्रि-
१) बङ्गुरको  फ्याट कम भएको स्टु मिट आधा किलो जति (अथवा हाँसको छाला निकालेर बोसो फालेको मासु) (पाउन्डमा आफैँ हिसाब गरेर निकाल्नुस)

२) रातो प्याज एउटा

३)हरियो लसुन, एउटा सानो मुठा (बेबि लिक भनेर चाइनिज स्टोरमा भेटिन्छ, नभेटे लसुनको पोटिहरु)

४)हरियो कागतिको झोल

५)नून तथा बेसार

६) मेथी (एक चम्चा)

७)रातो खुर्सानी पिनेको १ चम्चा

८)रातो खुर्सानी सिङ्गै ५ -६ वटा

९)धनियाको धुलो अलिकता

१०)तोरीको तेल २ ठुलो चम्चा


बिधी-
१) मना छोयला बनाउन मन भए उसिन्ने र हाकु छोयला बनाउन मन भए पोल्ने (ग्रिलमा)(राम्रो संग पाक्न दिनुहोस है?)

२)प्याजलाई टुक्रा पारेर काट्ने

३)हरियो लसुनलाई टुक्रा पारेर काट्ने (वा लसुनको पोटिलाई २-३ टुक्रा पारेर काट्ने)

४)पोलेर वा उसिनेर मजाले पाकेको मासुमा नून,खुर्सानीको धुलो कागतीको झोल अनि प्याज र लसुनका टुक्रा हाले मजाले सकेको बल लगाएर कालो हात भए कालो हात गोरो हात भए गोरो हातले मल्ने, र साइडमा राख्ने करिब ३० मिनट!

५)प्यानमा तोरीको तेल तताउने!

६)तेल तातेपछि मेथि हाल्ने!

७)मेथि पड्कन थालेपछि खुर्सानि हाल्ने र एकैछिनमा बेसार र धनियाको धुलो हाल्ना साथ त्यो तेल मलेको मासुमा खन्याउने (झ्वाईँययययssss!) (सावधान, मसला डढ्यो भने बरबाद हुन्छ स्वाद!) (यहि बेला स्वाद मन पर्छ भने जिराको धुलो वा गरम मसला पनि हाल्न सकिन्छ)

८) फेरि बेसमारि हातले मल्ने, केहि लसुन थिचिउन, केहि मासु दबिऊन, केहि मेथीका गेडा टुक्रिउन!

९) मजाले मलेपछि अझ ३० मिनट जति राखे पछि हर्के स्टाइलको बङ्गुरको छोयला तयाल हुन्छ,लसुनको राग सहितको पिरो छोयला संग तिनपाने चिरिप्प पार्दै आनन्द लिनुहोस!

Last edited: 06-Jun-08 04:24 PM
Read Full Discussion Thread for this article