Posted by: PallaGhareAntare June 6, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

माष्टरनी नानिको स्टाइलमा बोल्ने तरिका। :)

१) कुनै वाक्य लिने। उदाहरण: " भर्खर भात खाएँ तै पनि पेट खालि छ के भएको होला यस्तो?"
२) माथिको वाक्यलाई पहिला ३ भागमा विभाजन गर्ने। " भर्खर भात खाएँ", "तै पनि पेट खालि छ" " के भएको होला यस्तो"।
३) सबैभन्दा पहिलो वाक्यमा 'किम' थप्ने र 'के रे' थप्ने। "भर्खर भात खाएकिम के रे"
४) दोश्रो वाक्यलाई कसैलाई सोधेको जस्तो लवजमा भन्ने तर आफैँले भनेको जस्तो "भन्चु र" थप्ने। "तै पनि पेट किन खालि छ भन्चु र"
५)तेश्रो वाक्यलाई ब्राकेट भित्र राख्ने र 'मर्ने' 'मार्ने' तथा 'भाग्ने' कुरा थप्ने साथै :) चिन्ह राख्ने।
" (" के भएको होला यस्तो, मर्ने भएँ, म भागेँ। :) ") अथवा ("के भएको होला यस्तो, मार्ने भई मान्विले, म भागेँ। :) )
६) अन्त्यमा सबै वाक्य मिलाउने।
"भर्खर भात खाएकिम के रे,तै पनि पेट किन खालि छ भन्चु र (के भएको होला यस्तो, म भागेँ। मार्ने भई मान्विले:)"

सप्पै चिट चोर्‍या है मैले परिक्षा नियन्त्रक तथा चिट चोरी अनुसन्धान आयोग को अध्यक्ष ठुल्दाई संग सिकेर।

Read Full Discussion Thread for this article