Posted by: ritthe June 6, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

एक्युट भाउते डन्डिफोर सिन्ड्रोम (ABS) भनेको के हो?

 

उत्तर:  -
एक्युट भाउते डन्डिफोर सिन्ड्रोम (ABS) एक डरलाग्दो महिलाघातक रोग हो। यो रोग पुरुषहरुलाई मात्र लाग्छ तर यसको शिकार भने महिलाहरु मात्र हुन्छन्। छैन त अचम्म?
आउनुहोस यो रोग को उत्पत्ति, लक्षण, कारण र निवारणको बारेमा केहिबेर चर्चा गरौँ।

उत्पत्ति-
यसको उत्पत्तिको इतिहास त्यति थाहा नपाइएता पनि यो रोग केनडाँडाबाट उत्पत्ति भएको बिश्वास गरिन्छ। सर्वप्रथम यो रोग केनडाँडामा बस्ने भउत भाइ भन्डारि नामका एक युवकमा देखिएको हुनाले यसको नाम एक्युट भाउते डन्डिफोर सिन्ड्रोम रहन गएको हो।

लक्षण-
रो रोगले सुरुमा कुनै बिशेष लक्षण नदेखाउने भएकोले रोगले च्यापिसकेपछि मात्र रोग पत्ता लाग्छ। तै पनि निम्न लक्षणहरु यो रोगका बिशेषताहरु हुन्।
१) २४ घन्टामा कयौँ पटक बिना कुनै कारण फ्यास्स हाँस्न मन लाग्ने, ठुस्स रिसाइदिन मन लाग्ने र प्याच्च दायाँ बायाँ नसोचि बोल्न मन लाग्ने।
२) आफ्नो वरिपरि ५ मिटरको अर्धव्यासमा कुनै केटि देखिएमा लागेको निद्रा हराउने, पेट कता कता त्यसै कराउने र त्यत्तिकै बर्बराउने हुन थाल्छ।
३) एक ठाउँमा बसेपछि कतै जान मन नलाग्ने तर पनि कतै जानु पर्ने कुरा मनमनै आफैँसंग र अनलाइन वा फोन मा भएको साथि संग भने बारम्बार दोहोर्याइरहन मन लाग्छ।
४) खाना धेरै रुच्ने तर पकाउन पटक्कै रुचि नहुने।
५) कि त अरुको सालि मन पर्ने के त आफैँले सालि बनाउन मन लाग्ने।
६) सालि संग दोहोरि खेल्न मन लाग्ने, जिस्कन मन लाग्ने र भुत लागेको जस्तो हुने।
७) रोगले धेरै च्यापे पछि बिस्तारै शरिरको बिभिन्न अंगहरुमा डन्डिफोरहरु देखा पर्न थाल्छन। जस्तै- अनुहार, ढाड, पाखुरा, हात, हत्केला र भन्न नहुने अरु ठाउँहरु।
८) डन्डिफोर शरिर भरि फैलिएर काप कापमा आउन थालेको अवश्थालाई नै वास्तवमा एक्युट भाउते डन्डिफोर सिन्ड्रोम भनिन्छ।
९) समयमा उपचार हुन नसकेको खन्डमा यसले रोगिको वरिपरि भएका र परिचित महिलाहरुमा नराम्रो असर पार्छ।

कारण-
१) कुनै स्पस्ट कारण पत्ता नलागेता पनि तथ्याङ्क अनुसार यो रोगलाई एक किसिमको सामाजिक बन्धन विवाह संग जोडिएको छ।

निवारण-
१) उमेर पुग्ने बित्तिकै विवाह भ्याक्सिन लगायो भने यो रोग लाग्दैन।
२) रोग लागिसकेको खन्डमा एउटै मात्र उपचार विवाह हो।

Read Full Discussion Thread for this article