गीत कालजयी हुन मेलोडियस लय, मीठो स्वर मात्र भएर पुग्दैन, अर्थपूर्ण शब्द सिर्जना पनि हुनु पर्दछ। मित्रहरुले माथि उल्लेख गर्नु भएका उदाहरण हरु तिनै सिर्जनालाई कती सम्म हलुको ढंगले लिएका छन भन्ने बुझिन्छ।
तपाईंहरुको उदाहरण मा केही थप्ने ध्रिष्टता गर्दै छु।
कुसुमे रुमाल भन्ने फिलिम को बडा नै हिट गाना, रणजित गजमेर द्वारा रचित र संगितबद्ध-
मिर्मिरे सांझ मा सिमसिमे पानी
सातै रंगी इन्द्रेणी रानी ...........................................
यहाँ रचनाकार नेपाली भाषी नै भए पनि ज्ञानको हो कि ध्यान को कमी ले गर्दा, मिर्मिरे कहिलेइ साँझ मा हुंदैन भन्ने हेक्का भएन। मिर्मिरे जहिले पनि बिहान मात्र हुन्छ।
अर्को पनि तिनै रचनाकार को गीत छ-
फूल भुल्यो भंवरामा,
कुन्नी के मा म भुलें................................
यहाँ पनि फूल भंवरा मा भुल्दैन, भंवरा फूलमा भुल्छ भन्ने थाहा न भएको हो कि? नयाँ सिद्धान्त प्रतिपादन गर्न खोजेको हो बुझिएन।
तरै पनि ती गित हरु सुपर हिट नै भए। शब्द केलाएर गीत सुन्ने कती नै छन र नेपालआँ, नत्र गीतार बोक्न सक्ने शरीर भयो कि पप गाउँने गायक हर कोइ किन हुन्छन। साधना, ज्ञान र ध्यान को कुनै अर्थ नभेको क्षेत्रमा शब्द र अर्थ को अर्थ खोज्नु कती जायज होला। अस्तु!