Posted by: Rahuldai June 6, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

रात को समय थियो। चकमन्न अंध्यारो। पूर्व बाट स्याल कराएको झ्याल बाट सुनिन्थ्यो। कन्सिरी को रौं रौं मा बिद्युतिय कणको प्रबाह देखिन्थ्यो। डराए पनि कराइन। बुढी जाग्ला भने डर, शान्ती भाग्ला भन्ने डर।

 के अनिष्ठ के अचम्म हुने संभावना ले मन अस्थिर थियो। एकै छिन् पछी, आयो, कोइ करायो। तारेमाम भन्दै जगायो। यसो यताउती हेरें, केही देखिएन, पर को खम्बा को गुलुप नि आजै चिलिम फर्के छ। आफ्नो चिलिम नि कता हराएछ।

आवाज चिरपरिचित लाग्यो। भूत पक्कै होइन, बर्तमान हुनै पर्छ। कही न भेटिए पछी निराश भाई यसो कम्पूटर को पर्दा हेरें, झिलिमिली केही देखिन्छ कि भनेर। पर्दा को मुन्तिर सानो आयातकार बक्सा मा झिलिक्क झिलिक्क  पहेंलो बली रहेको देखें। चस्मा खोजें। नियालेर हेरें ।  हो रहेछ। को रहेछ ? भनी हेर्दा, हराएको भगुत भाई भण्डारी कराएको  रहेछ।

Read Full Discussion Thread for this article