Posted by: Birkhe_Maila June 6, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

सुचना:   सुचना:   सुचना:

 

केहि दिन पहिले हामिले चौतारी परिक्षाको अर्को भाग प्रस्तुत गर्ने कुरा गरेका थियौँ र भनेका थियौँ प्रथम हुनेलाई पुरस्कार साँच्चिकै हुनेछ; अर्थात् लगभग ३ वर्षको चौतारी इतिहासमा चौतारीमा पोस्ट भएका रमाइला रमाइला कुराहरुको ३२ पानाको पुस्तक इमेल गरेर पठाइने छ! त अबको केहि बेरमा परिक्षाका प्रश्नहरु सोधिने छ। परिक्षाको समय अहिलेको समय बाट करिव १३ घन्टाको रहने छ, र यस बिचमा पुराना चौतारी केलाउँदै भए पनि उत्तर दिन सकिने छ! सबैभन्दा बढि प्रश्नहरुको सहि उत्तर दिने ३ जनालाई पुरस्कारको व्यवस्था गरिएको छ! प्रथम हुनेलाई चौतारीको प्रथम अंक देखिका निकै रमाइला पोस्टहरु संकलन गरिएको ३२ पाने पुस्तकका साथ साथै उक्त पोस्टहरुमा पोस्ट गर्ने चौतारीका औतारीहरुको सानो परीचय पनि दिइने छ। द्वितिय हुनेलाई पनि ३२ पाने पुस्तक दिइने छ र तृतिय हुनेलाई २० पाने पुस्तक! राम्रो संग पढ्नुहोस र उत्तर दिनुहोस! पाठ्यक्रम निम्नानुसार हुने छ-

१) चौतारिका औतारीहरु, तिनका पद र ठेगाना सम्बन्धी।

२) चौतारिका औतारीहरुको पोस्ट गर्ने युनिक तरिकाहरु सम्बन्धी।

३) चौतारीका कुन कुन औतारी कस्ता कस्ता कुरामा अलि बढि नै रमाउँछन र अलि बढि नै रिसाउँछन त्यसको लेखाजोखा सम्बन्धी।

४) ३ वर्षको इतिहासमा बेला बेलामा हुने चौतारी नियम कानुन सम्बन्धी।

५) चौतारी भित्रकै नातागोता, साथि सर्कल, प्रतियोगिता, खेल, पढाइ-लेखाई तथा बसाइँ-सराई सम्बन्धी।

६) चौतारीमा औतारीहरु बेपत्ता हुने, मुगलान पस्ने, फेरि आउने, आएपछि फेरि चौतारी मै फँस्ने इत्यादी एक्टिभिटिज सम्बन्धी।

धन्यवाद्

चौतारि परिक्षा नियन्त्रण कार्जेलय

चौतारी

Read Full Discussion Thread for this article