Posted by: Amazing June 6, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

Wa Jimmaal Wa


बसन्ति नानि छुनुमुनु अर्दै चौतारी झरिछीन्

लेखेर मिठो गितको टुक्रा ढेढिखेत* अरिछिन्


सत्ते राम राम धरोधर्म ढाँटेको हैन नि

यति राम्रो रंगमा कविता पैले देखेको छैन नि


यहि त छ बाबै परदेशको पिर नेपाली भेटिन्न

त्यसैले जति नेपाली बोले नि तिर्सना मेटिन्न


लौ बस पर तिमलाई भनेर राखेको सुकुल छ

चौतारी ढोका सबैलाई खुल्ला न ताल्चा चुकुल छ

Read Full Discussion Thread for this article