Posted by: Birkhe_Maila June 6, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

बसन्ति नानि छुनुमुनु अर्दै चौतारी झरिछीन्

लेखेर मिठो गितको टुक्रा डेढिखेत* अरिछिन्

सत्ते राम राम धरोधर्म ढाँटेको हैन नि

यति राम्रो रंगमा कविता पैले देखेको छैन नि

यहि त छ बाबै परदेशको पिर नेपाली भेटिन्न

त्यसैले जति नेपाली बोले नि तिर्सना मेटिन्न

लौ बस पर तिमलाई भनेर राखेको सुकुल छ

चौतारी ढोका सबैलाई खुल्ला न ताल्चा चुकुल छ

डेढिखेत* ‍= डेडिकेट (यो बुढोले जमानामा सान्नानीको रिडियोमा डेढिखेत अरेकोले सऊँजना आओ क्या)

Last edited: 06-Jun-08 09:32 AM
Read Full Discussion Thread for this article