Posted by: Birkhe_Maila June 5, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        
अहिले तपाइँहरु हाम्रा संवाददाता नेत्र नाथ नगरकोटीबाट सुन्दै हुनुहुन्थ्यो गम्भिरमय सुचना। अब सुन्नुहोस चौतारी उट्पट्याङ समाचार-

बिहिबार बेलुका बसन्ती बाँसकोटाले बसि बसि बयान गरेको बलियो बाङ्गो बातलाई बात बातमै उडाएर बयान गर्न खोज्ने बाठो रिट्ठेले बल्ल बल्ल बनाएको  बैजनी रंगको बोलिलाई बैजनि बनेन भन्दै बलजफती गुलाबि बताएकोले बसन्ति बासकोटाले बजिया रिट्ठेलाई  बोरामा बेरेर बरन्डाबाट बागमतीमा बगाइदिएकि छिन!

नानाभाँति नक्कल गर्दै नयाँ नयाँ नाटकको नास्ता पस्कने नेत्र नाथ नगरकोटीले निहुरिएर न्युज पढ्दा नजानि नजानि निशान्ते संग निहुँ खोजेर नाइटो देखि नलिखुट्टा, नलिखुट्टा देखि नङ सम्मको निर्जिवन बिमा गर्नु पर्ने देखिएको छ!

रहरै रहरमा रमाइलो रसरंगमा रमाएर बसन्तिको राम्रो रुपरंगको रापमा रेपिएर रोमांचित रहँदा रंगअन्धो बन्न पुगेका रिठा राम रायमाझीले रहँदा रहँदा रगतको रंग पनि रातो रहेनछ भन्ने रिसोच रटिरहेका रहेछन!

ठट्टै ठट्टामा ठुस्कने, ठोकरै ठोकरले ठहरै हुने, ठिमि जाँदा ठाउँको ठेगान बिर्सने, ठेलागाडालाई ठुलोगाडि ठान्ने, ठन्डि ठाउँमा ठन्डिले रौँ ठाडो हुँदा ठस्ठसि कनेर ठाउँ ठाउँमा ठोकर लगाउँदै ठन्डाराम बनेका ठुल्दाईले ठुल्दाई त ठिटै छ भन्ने ठहर नगरी बुढापाकाको ठाउँ ठड्याएका छन्!







Last edited: 05-Jun-08 05:04 PM
Read Full Discussion Thread for this article