Posted by: Birkhe_Maila June 5, 2008
Rahul bhai
Login in to Rate this Post:     0       ?        

राहुलभाई आउँदैछन रे-

 

राहुलभाई आउँदैछन् रे!

प्रभातको किरण संगै;

प्रभातकै कबितामा रंग भर्न,

पल्लो डाँडामा एकछिन थकाइ मार्दै,

नचाउने अक्षर संगाल्दै छन रे!

पुराना कथा सम्झि सम्झि,

आफ्नै मन भङ्गाल्दै छन रे।

राहुलभाई आउँदै छन् रे!

हिजो जस्तो लाग्छ,

प्रेममा उनि कमलो बनेको,

गिज्याऊने प्रेमको कथा त कसरि भन्लान र,

तै पनि मनको ढोका खुलेको 'हे प्रभात!',

राहुलभाई आउँदैन छन् रे!!

धोका चिन्न किन पर्यो र,

जब प्रेम चिनाउन आउँदै छन् रे।

रंग चिन्न किन पर्यो र,

जब गुलाब चिनाउन आउँदै छन् रे।

सुन त प्रभात!,

राहुलभाई आउँदै छन् रे!!

Read Full Discussion Thread for this article