Posted by: Nepe June 4, 2008
गजल !!
Login in to Rate this Post:     0       ?        

शिरीष,

उदार गुरुबाट भन्दा अनुदार गोरुबाट बढी सिकिन्छ भनिन्छ, त्यसैले कि त उदार नबनुम, कि त गुरु नै नबनुम् भन्छु म ता ।

अनुशासित अभ्यासको विकल्प छैन ।

राहुलजीभित्र एक घागडान गजलकार छ कैद छ । तर त्यसलाई अल्छिपनाको माखेसाङ्लो र यदाकदा एकपक्षिय राजनैतिक आग्रहको दाम्लोले बाँधेर राखिएको छ ।

जुनदिन त्यसले परिश्रम गर्न पाउँछ र राजनैतिक आग्रहबाट स्वतन्त्र हुन समेत पाउँछ, त्यसदिन एउटा राम्रो नेपाली गजलकार जन्मियो भनेर ठाने हुन्छ ।

यथोचित क्षमायाचना सहित,

Nepe

 

Read Full Discussion Thread for this article