Posted by: Birkhe_Maila June 4, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        

(च्याङ्बा हातमा नाङ्गो खुकुरि लिएर रिसमा फटाफट हिँड्दैछ,बिस्तारै बर्बराउँदैछ र बाटोमा भेटिएका सबैको थुतुनो नियालेर हेर्दै पनि छ कतै धतुरे छुट्छ कि भनेर...)

च्याङ्बा- (बर्बराउँदै) " छिनालि दिन्जा म्होइँले तेल्लाई!..होइना छिनालिहाल्यु बाने मोरिहाल्जा आनान्दा हुन्जा तेल्लाई, म्हो पाइला हात काट्छा आनि खुट्टा काट्छा आनि माद्राइ गार्दान छिनाल्छा!"

 

(बाटोमा पर एकजना निहुरिएर सेन्टि भएर बसिराखेको देख्छ)

च्याङ्बा- " ओइ सार! सार! तोइँले धादुरेलाई देख्यु!"

रिट्ठे- (टाउको उठाउँदै) " गुलाबी गुलाबी! सर्वत्र गुलाबी! अहो, खुकुरि पनि गुलाबि?"

च्याङ्बा- " के बान्जा?"

रिट्ठे- " उनको पर्खाइमा दिन भयो गुलाबी, सर्वत्र गुलाबी!"

च्याङ्बा- " ओइ झान सार सार भानेरु राम्रो साङ्गा बोलायु के बान्छा के बान्छा!तोँ बाउलाले धादुरेलाई देख्यु?"

रिट्ठे- " बहुला? हो म पागल हुँ साथि!, उनको पर्खाईमा पागल भएको!"

च्याङ्बा- " यो बाउलाले आफाइँलाई देख्याकु छाइना जास्दो छा धादुरेलाई के देख्छा! तोँ नामारे साम्मा कोसलाइ कुर्याकु हो कुरेरा बास!"

 

( अलि पर चौतारीमा एकजना नाच्दै, एक्लै फिसिसिसि हाँस्दै मुख बाट के के फलाक्दै बसिराको देख्छ)

च्याङ्बा- " ओइ सार! सार! तोइँले धादुरेलाई देख्यो?"

लहरे- " दिल तुता मगर खुन्नहिँ आया तुनेलुता पर दिल्ानहिँ भाया!"

च्याङ्बा- "!!!??" " आर्गो पानि बाउला जास्दो छा!"ओइ आर्गो बाउला, तोइँले धादुरेलाई देख्यु?"

लहरे- " देख्या छैन धतुरे सतुरे  बेकारम मुद अप कया बोर्"

च्याङ्बा- " आइले मार्दिन्छा म्हो! झार्किना पार्जा? तोँ पानि बाउलाउँदाइ बास आसात्ति!"

 

(अझ अगाडि पुगेपछि एकजना छुनुमुनु गर्दै फूल टिपिराको देख्छ)

च्याङ्बा- " ओइ सारनि! सारनि! तोइँले धादुरेलाई देख्यु?"

बसन्ती- " छ्या को हो? सारनी रे फेरि अत्ति के, छ्या! धतुरे रे लोल!"

च्याङ्बा- " लोल बान्जा, म्हेरो लोल खाच्चारलाई चिन्छा जास्दु छा यो सारनीले! ओइ सारनी तोइँले म्हेरो खाच्चारलाई चिन्जा?"

बसन्ती- " गsssड् खच्चर रे फेरि उफ्!छ्या चिन्दैन हउ!ओ माइ गड खुकुरि लिएर आएको रेछ फेरि.."

च्याङ्बा- " धादुरेलाई काट्ना ल्याएकु खुगुरी म्होइँले! (पँहेलो दाँत देखाउँदै) " कादा गयु धादुरे भान् भान् सारनी?"

बसन्ती- " इयुयुयुयुयुयु...छ्याss सो पाखे ...गssड!"

च्याङ्बा- " पाखा तिर गयाकु छा? म्हो तेल्लालाई काट्छा काट्छा आजु!"

 

(अलि तल पाखामा एक जना भाङ्ग्रो ओढेर बारिको डिलमा उभिएर तलतिर हेरिरहेको देख्छ,च्याङ्बा पछाडिबाट बिस्तारै आउँछ)

च्याङ्बा- (मनमनै) "धादुरे यादा रेछा, पाइला बारिको डिलबाटु एक लाद्दि हानेरु ताला खासाल्चा आनि ताला गएरु खुगुरिले काट्छा!"

च्याङ्बा- (पछाडि नजिक पुगेर, खुट्टा उचालेर) " ड्याम्म्म्म्म!"

(भ्वाक्क..खर्ल्याम खुर्लुम)

च्याङ्बा- "हेँख हेँख हेँख धादुरे..बाल्ला फेला पर्यु, आबो म्हो तोँलाई काट्छा!"

(बरिमुनिबाट आवाज आउँछ-)

""ऐया बाबा!.. तारेमाम्!.. मरे नि! ...तारेमाम्!... कुनचाइँले ठटायो मलाई बारिको डिलबाट हटायो,तारेमाम्! ऐया!... तारेमाम्!""

 

बाँकि ब्रेकके बाद...

Last edited: 04-Jun-08 04:27 PM
Last edited: 04-Jun-08 04:30 PM
Read Full Discussion Thread for this article