Posted by: bikash kc June 4, 2008
ज्ञानेन्द्रलाई नागार्जुन दरबार....have your say!!!!!!!!!!!
Login in to Rate this Post:     0       ?        
नागार्जुन दरवार उपलब्ध गराएकोमा विरोध
 :: समाचार
- अमेरिकादर्पण सम्वाददाता
काठमाडौं, ४ जुन/ नेकपा एमालेनिकट प्रजातान्त्रिक राष्ट्रिय युवा संघले पूर्व राजा ज्ञानेन्द्रलाई नागार्जुन दरवार उपलब्ध गराएको विरोध गर्दै अहिले ४ बजे रत्नपार्कमा विरोध जुलुस निकालेको छ ।

पूर्व राजा ज्ञानेन्द्रलाई सरकारले कुनै सुविधा उपलब्ध गराउनु नहुने बताउँदै युवा संघले गरिब देशका धनी पूर्व राजा ज्ञानेन्द्रलाई नागार्जुन दरवार उपलब्ध गराएर जनविरोधी काम गरेको बताएको छ ।

स्मरणरहोस्, आजै बसेको मन्त्रीपरिषदको बैठकले पूर्व राजा ज्ञानेन्द्रलाई नागार्जुन दरवार उपलब्ध गराउने र आवश्यक सुरक्षाको व्यवस्था गर्ने निर्णय गरेको थियो ।

http://americadarpan.com/news.php?cid=3035
Read Full Discussion Thread for this article