Posted by: upendrajee June 4, 2008
new YCL - yuba sakti
Login in to Rate this Post:     0       ?        
अर्को लडाकु संगठन गठन
 
माओवादी भात्रृ संगठन वाईसीएल बिघटनको माग उठिरहेको बेला एमालेसम्बद्ध युवा संघले युवा शक्ति नामको लडाकु संगठन गठनको प्रक्रिया अघि बढाएको छ ।

एमालेसम्बद्ध प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालले नागरिक सुरक्षाका निम्ति लडाकु शक्ति निर्माण गर्ने घोषणा गरेको छ । संघका केन्द्रीय अध्यक्ष अजम्बर राई काङवाङका अनुसार, लडाकु शक्तिको नाम 'युवा शक्ति' रहनेछ तथा यो निर्माणका लागि संघले महेश बस्नेतको संयोजकत्वमा ७ सदस्यीय समिति पनि बनाइसकेको छ । 'हामी अरुले जस्तो ब्यारेकमा बस्ने, हत्या, अपहरण र लुटपाटमा संलग्न हुने काम भने गर्दैनौं' काङवाङले भने ।

'युवा शक्ति' को संरचना देशका सबै वडामा पुर्‍याइने काङवाङले बताए । महेश बस्नेतको संयोजकत्वमा बनेको समितिले युवा शक्तिको नियमावलि र ढाचाबारे टुङ्गो लगाइसकेपछि कार्यन्वयनमा लगिने पनि काङवाङले उल्लेख गरे ।
Read Full Discussion Thread for this article