Posted by: HomLal June 3, 2008
बिचरा ज्ञानेन्द्र, कहिले घाम कहिले छांया, यस्तै हो जिन्दगी ..
Login in to Rate this Post:     0       ?        

पार्टीहरु बीच को राष्ट्रपति र को प्रधानमन्त्री बन्ने भन्ने झगडा नटुङ्गिएको बेला मेरो मनमा प्रश्न उब्जियो किन ज्ञानेन्द्रलाई प्रथम या अन्तरिम राष्ट्रपति नबनाउने? उनलाई राष्ट्रपति पद दिदा थुप्रै फाईदा पुग्ने मेरो अनुमान छ।

 

सर्व प्रथम त अहिले उनी जुन परिस्थितिबाट गुज्रिरहेका छन, त्यो पक्कै पनि सजिलो छैन। हिजोसम्म सबैले राजा मानि आएको र आज सर्व साधारण नागरिक हुनुको उतार चढाब हामीले अनुमान मात्र गर्ने कुरा हो। त्यसमाथि सबै खुशी मनाउदैछन, उनको ईज्जत, मान र प्रतिष्ठा समाजमा कुन खालको हुने हो थाहा छैन। उनले म नि गणतन्त्रवादी हूँ भन्दा नि कसैले विश्वास गर्ने कुरा छैन। कस्तो बिडम्बना? उनको यो दुःखको घडीमा उनलाई नुन-चुक छर्नुको साटो मलम लगाउने पो हो कि? हामीले किन एउटाको घाँटी शरेर मात्र अर्काको पूजा हुने गलत प्रबृतिलाई प्रश्रय दिने? नत्र राजदरबारबाट गलहत्तिएर हिड्दा कि त जीबनभर नुन खाएको कुखुरा जस्तो झोक्राएर हिड्नु पर्‍यो, कि त म नि आफ्नो ताकत देखाउछु भनेर केही चलखेल शुरु गर्नु पर्‍यो। पैसाको कमी छैन, त्यसको पछि लाग्ने जमात नि ढिलोचाँडो निस्किहाल्छ। यसरी हामीले उनलाई कि त निस्कृय हुने कि गलत कुरामा सकृय हुने मात्र ठाउँ किन छोड्ने? तिमी पनि नयाँ नेपालको पात्र हौ, लौ मिलेर जौ भन्दा उनलाई शिर ठाडो पारेर हिड्न मिल्छ। जनताको चाहना अनुसार चलें भनेर दिल खोलेर बोल्न मिल्छ। र सबैभन्दा ठूलो कुरा यो राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना जस्तो सम्वेदनशिल मोड - शान्ति, सुख, र नयाँ आशका साथ अघि बड्नेछ। ०७ सालमा राणा शासन अन्त्य भैसके पछि पनि मोहन समसेर प्रधानमन्त्री बनाईएको उदाहरण सायद यस्तै परिस्थितिको बिश्लेषण पछि भएको हो कि?

 

नयाँ नेपालको निर्माण गर्न एक आपसमा विश्वासको खाँचो छ। हाम्रो हरेक असफलताहरुलाई भोलि पनि हामीले कैले विदेशि र कैले ज्ञानेन्द्रको चलखेल भनेर दोष थोपरेर पन्छिन नपरोस। फेरि पनि भूपू राजाले लौ रिटायर्ड जनरलहरुसंग भेट्न थाले भन्ने हल्लाको पछाडि दौडन नपरोस। त्यसको लागि राजालाई आफ्नो निगरानीमा राख्‍नु, केही सामाजिक जिम्मेवारीहरु दिएर बेफुर्सद राख्‍नु पनि भैपरि आउने समस्याबाट उम्किने उपाय हो। त्यतिमात्र हैन, राजाप्रति झुकाव, सद्भाव, र श्रद्धा राख्‍नेहरुलाई पनि राजा आफै गणतन्त्रसंग संबद्ध भएको देख्दा राष्ट्रिय एकता मजबुद हुन्छ जो नयाँ नेपाल निर्माणको लागि अपरिहार्य छ। नत्रभने बहुदल ब्यबस्था आएपछि पञ्चायत नै ठीक थियो भन्ने जमात २-४ बर्षको गणतन्त्रपछि राजै ठीक थियो भन्दैनन भन्न सकिन्न। हाम्रो जस्तो सीमित साधन र श्रोत भएको देशमा त्यसको सम्भाबना ठूलो छ। गलत भएपनि त्यसलाई नकार्न सकिन्न किनकि जनताले परिणाम खोज्छन। त्यसैले सबैलाई समाबेस गरिएको नेपालको उन्नति छिटो हुन्छ। एउटा असफल भो भनेर अर्कोको पछि दौडिने संस्कारको अन्त्य हुन्छ। विदेशीको साहरा लिएर निर्णयमा पुग्नु भन्दा आफै किन नमिल्ने? सफल भए श्रेय हाम्रो, असफल भए दोष हाम्रो।

 

सम्बिधान सभाको निर्णय मानेर दरबार छोड्न लागेका राजाबाट अब कुनै खतराको सम्भाबना न्यून छ। बरु भाबी राष्ट्रपति कसरी चुन्ने छान्ने भनेर टुंगो लगाउने बिधान बनाउन सभासदहरुले समयको फाईदा उठाउन पाउनेछन। सबै अधिकार प्रधानमन्त्रीमा निहीत गरिएपछि र तत्कालै जनमत र जनादेशको बिरुद्ध जाने कुरामा न त सुरक्षाकर्मीहरुले नै हौसला दिन्छन। अरुले लादेको कानून भन्दा दायित्व बोकेर कानूनको परिधिमा बाँधिन्छन्। बरु ज्ञानेन्द्र सम्मिलित सरकारलाई हरेक समस्या समाधान गर्न सजिलो हुन्छ। माओवादी सेना समाबेश गर्ने विवाद नि सायद सजिलो होला। तर त्यो भन्दा नि ठूलो कुरा मेरो सोचाईमा राष्ट्रिय एकता नै हो। राष्ट्रिय एकताको यस्तो लहर चलोस कि सबै नेपाली मेरो देश मेरो गौरव मेरो नेपाल भनेर आफ्नो राजनैतिक पार्टी र बैचारिक संकीर्णताभन्दा माथि उठेर खाली नेपाल र नेपालीका उन्नति र प्रगतिका लागि लागि परुन।

 

यो बिचार राजालाई पहिले देखेको नभई अहिले हेरेको आधारमा हो। यो अवस्थाबाट गुज्रिएको दोश्रो नेपालीप्रति नि मेरो भावना यस्तै हुन्थ्यो। आखिर यो मन नेपाली हो। हैन भने दोष आज मेरो रेडियोमा बजेका पुराना राष्ट्रिय गीतहरुलाई दिउ है! एउटाको बोल यस्तो छ गायक उही स्वर सम्राट नारायण गोपाल।

 

अरुको भरमा पर्नु हुदैन

आफ्नै भरमा जिउनु

दर्बिलो खुट्टा टेकी सबले

गर्भिलो आखा पार्नु

रैतिहरुमा सीप बढ्यो भने

देशको नसीब खुल्छ

हिमचुलिको सुन्तले घाम झै

हाम्रो देश बन्छ

 

तान चलाउनु चर्खा कात्‍नु

रुवो उमारी कपडा बुन्नु

आफ्नै नाच र गानमा रम्नु

स्वाभिमानी भै हिड्नु

तान चलाउनु।।।

 

नुन दिई या चुन दिई

सुनले ढुकुटी भर्नु

सुन भनेको देशको धन हो

यसको रक्षा गर्नु

हेर फिरङ्गी पस्लान घुस्लान

सबले सक्षा गर्नु

तान चलाउनु।।।

Read Full Discussion Thread for this article