Posted by: HomLal June 3, 2008
बिचरा ज्ञानेन्द्र, कहिले घाम कहिले छांया, यस्तै हो जिन्दगी ..
Login in to Rate this Post:     0       ?        

सात पार्टीले सत्ता सम्हाले पश्चात ज्ञानेन्द्रले आफूलाई अनुशासनमा बाँधेर गणतन्त्रको बाटो निस्चय नै सजिलो बनाए। मठ मन्दिर जाने र शुभकामना दिने बाहेक अरु बाधा अड्चन गरेनन्। नाना खाले हल्ला चलाईए तर उनी आफ्नो बचनमा कटिबद्ध रहे। राजनितिक महत्वकांक्षा राख्‍ने ब्यक्तिहरुबाट यस्तो बिरलै देख्‍न पाईन्छ। यसको सरहना हुनु पर्छ। त्यसैले, सरकारको जिम्मेवारी बोक्नेले, मैले नि तपाई भने उनले नि तपाई भनेर सम्बोधन गरे भनेर फितलो कुरामा दङगिनु भन्दा बरु हामीले मर्यादापूर्ण तरिकाले उनलाई कसरि सधैका लागि पन्छाउन सकिन्छ भन्ने सोच्नु पर्ने हो। सबैले अर्को देशमा शरण लिन्छ भनेर अड्कल काटेको बेला नेपालमै बस्ने निर्णय गरेर उनले नेपालीको ईज्जत जोगाईदिएका छन। एसलाई जे गर्दा नि हुन्छ भनेर नीच ब्यबहार देखाउनु हुदैन। नेपाल मा पूर्व मन्त्रीहरुलाई नि सुबिधा दिने चलन छ। पहिलेका राजा रजौटाहरुले अहिले सम्म नि मान मर्यादा पाएका छन भन्ने सुनिन्छ। शाहवंशको अन्त्य ज्ञानेन्द्रको धज्जि उडाएरै किन गर्नु? आखिर यो हाम्रो ईतिहास हो। नारायणहिटिबाट हटे, एउटा नागारजुन दरवार उनलाई किन नदिने? सुरक्षाको दृष्टिले नि त्यो आवश्यक छ।

ज्ञानेन्द्र अहिले जुन ठाउमा पुगे, त्यसको जिम्मेवार उनै हुन। उनलाई अब कसरी कहा पुर्‍याउने भन्ने हाम्रो जिम्मेवारी हो।

राजा वीरेन्द्रको शवमा झिंगा भन्किएको दृष्यले अझै हामी नेपालीलाई ग्लानि हुन्छ। भविष्यमा भूपू राजालाई बसाउने र दिने ब्यवहारबाट त्यस्तै तीता अनुभब गर्नु नपरे नै वेश।

Read Full Discussion Thread for this article