Posted by: sagun05 June 3, 2008
i like this writting ,do u also agree ?
Login in to Rate this Post:     0       ?        

दाहाल अभिव्यक्तिका आशय

गुरुराज घिमिरे

नेपाली जनताको अथक प्रयत्न र बलिदानबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रले नेपाललाई नया“ युगमा प्रवेश गराएको छ । अर्ढाई सय वर्षपुरानो राजसंस्थास“ग जनताको निरन्तर संर्घष्ाले अपेक्ष्ँित परिणाम प्राप्त गरेको छ । भावी पुस्ताका लागि राजतन्त्र ऐतिहासिक अध्ययनको विषय बनेको छ । जनता र्सार्वभौमसत्ता र राजकीय सत्तासम्पन्न भएका छन् । शासनका अधिकारी स्वयम् जनता भएका छन् र राज्यशक्तिको स्रँेत पनि स्वयम् बनेका छन् । यो राजनीतिक परिवर्तन युगान्तकारी र ऐतिहासिक त छ“दैछ, दुनिया“लाई आर्श्चर्यचकित तुल्याउने अभूतपर्ूवसमेत भएको छ । सिङ्गो नेपाली समाज र दुनिया“भरका लोकतन्त्रवादी दङ्ग छन् र गणतन्त्रोत्सवमा मग्न छन् । सयौं वर्षेखिको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक उत्पीडन समाप्त भएर सा“च्चिकै नवीन, समुन्नत र लोकतान्त्रिक नेपाल निर्माण हुनेमा विश्वस्त पनि छन् ।

एकातिर जनता सुदूर भविष्यमा राष्ट्रले प्रँप्त गर्ने समृद्धि र आफ्ना सन्ततिले पाउने अपार सुखको परिकल्पनामा छन् भने अर्कातिर संविधानसभा निर्वाचनबाट सबैभन्दा ठूलो दल भएको माओवादीको विचार र व्यवहारले लोकतान्त्रिक आकाशमा कालो बादल मडारिन थालेको छ । धेरै अघिबाट माओवादीमाथि गरिएको शंकाले आधार र प्रमाण पाउन थालेको छ । उनीहरू शान्ति प्रक्रियामा आउनु आफूलाई रूपान्तरित गर्नु नभई रणनीतिक चालमात्र हो भन्ने राजनीतिक विश्लेषकहरूको आरोप पुष्टि हुने घटना हुनथालेका छन् । नेपाललाई अन्तर्रर्ााट्रय कम्युनिष्ट आन्दोलनको केन्द्रको रूपमा विकास गरेर नेपालीमाथि जनवादी शासन लाद्ने अभीष्ट उनीहरूकै अभिव्यक्तिबाट पोखिन थालेको छ ।

निर्वाचनमा अरू दलभन्दा ठूलो हुनेबित्तिकै सत्तामा जाने हतार देखाउनु र गैरजिम्मेवार अभिव्यक्ति आउनुले उनीहरू सा“चो अर्थमा लोकतान्त्रिक विधि र प्रक्रियाको विपक्ष्ँमा छन् भन्ने देखि“दै छ । माओवादी अध्यक्ष्ँ पुष्पकमल दाहाल र अन्य नेताले एउटा सभामार्फ दिएका भर्खरैका अभिव्यक्तिले के नेपाल बहुदलीय प्रतिस्पर्धासहितको लोकतान्त्रिक नेपाल रहला भन्ने प्रश्न र चिन्ता स“गस“गै उब्जाएको छ । र लोकतन्त्रलाई असाध्यै माया गर्ने जनतालाई सजग तुल्याएको छ । हुन त यी अभिव्यक्तिले आफूस“ग सबैभन्दा बढी बुद्धि भएको दाबी गर्ने माओवादी नेताहरूको कुबुद्धिको घैंटो फुटेको छ । भनिन्छ, मान्छे, संस्था, समाज अथवा राष्ट्र पनि एउटा मीठो भ्रममा बा“चेको हुन्छ वा चलेको हुन्छ । यो भ्रम सकारात्मक हुन्छ, त्यसैले आवश्यक पनि हुन्छ । माओवादी भने एउटा ठूलो नकारात्मक भ्रममा बा“चेका रहेछन् ।

२ सय २० प्रँप्त गर्नेबित्तिकै ३ सय ८१ प्रँप्त गर्ने पार्टर्ीीले उनीहरूलाई सत्ताको सा“चो सुम्पिउन् भन्ने चाहना रहेछ । ३ सय ८१ ले जितेर उनीहरूले हारेको बिर्सिएछन् । ७७ लाखले जितेर ३० लाखले हारेको भन्ने घामजत्तिकै र्छलङ्ग तथ्य भुलेछन् । संविधानसभा पुग्ने सबैले धेरथोर जितेको स्वीकार्न गाह्रँे भएछ । त्यसैले १८-१९ औं शताब्दीका तानाशाहहरूले जस्तो टु“डिखेलमा उभिएर जथाभावी बोल्न थालेका छन् । विदेशी राजदूतको बुइ“ चढेर सत्तामा जानखोज्नेहरूले राष्ट्रिय स्वाधीनताको कुरा गर्ने - ७७ लाखलाई ३० लाखले शासन गर्ने कहा“को लोकतन्त्र हो -

माओवादीले बुझ्नर्ुपर्ने के छ भने तागत हुनेहरू, शासन हुनेहरू विचारले लड्छन् । अंग्रेजस“ग लड्दा गान्धीस“ग कुनै भौतिक हतियार थिएन, विचारको हतियारबाहेक । उनी निहत्था विचारले लडे र अंग्रेज धपाए । हतियारले लड्ने हिट्लरले आत्महत्या गर्नुपर्‍यो । यो सर्न्दर्भको चर्चा किन उठाइएको हो भने दाहालले टु“डिखेलबाट लोकतन्त्रवादी युवालाई चुनौती दिए । अक्टोबर क्रान्तिको धम्की दिए । दाहालको तागत छ भने अक्टोबर क्रान्तिको घोषणा गरे हुन्छ, तर सुरुमै के बुझ्नुपर्‍यो भने अहिले सन् १९१७ होइन, २००८ हो, नेपालमा लेनिनको भूतस“ग कोही डराउनेवाला छैन । दर्ुइ वर्षअघिसम्म जनताले नचिनेका दाहाल लोकतन्त्रका लागि कति लड्नुभयो, हामीलाई थाहा छैन । ००७ को जनक्रान्तिलाई धोका हो भन्ने, ०१७ मा राजा महेन्द्रको कदमलाई स्वागत गर्दै दीपावली गर्ने, ०३६ मा निर्दललाई जिताउने, ०४६ को परिवर्तनलाई पनि अन्तरआत्माले स्वीकार गर्न नसक्ने, ०५२ देखि बहुदलीय व्यवस्थाविरुद्ध हतियार उठाएर कांग्रेस, एमाले मार्ने, ०६२-६३ मा राजास“ग सत्ता साझेदारी नमिलेपछि सात पार्टर्ीीे शरण पर्ने र गणतन्त्र घोषणा हुनु अघिसम्म बारम्बार राजाका दूतहरूस“ग खुसामद गर्ने, हु“दाहु“दा रसुवाको धुन्चे पुगेर राजाका ज्वाइ“स“ग कुरा गर्ने दाहालले ठूलो कुरा नगरे हुन्छ । पञ्चायतका विवादास्पद पात्रमध्येका र्सर्ूयबहादुर सेनहरूलाई पार्टर्ीी हुलेर संविधानसभासम्म पुर्‍याउने पार्टर्ीी बुझे हुन्छ, दाहालले परिभाषित गरेको लोकतन्त्र हामीलाई मञ्जुर छैन ।

अरू पार्टर्ीीई पदमा टा“सिरहेको आरोप लगाउने माओवादीमा पदप्रतिको लालसा र आशक्ति कति छ भन्ने सत्तामा जान देखाएको आतुरीले पुष्टि गर्छ । टु“डिखेलमा बाबुराम भट्टर्राईले सत्ताका लागि र्‍याल चुहाएको बताए । राष्ट्रपति पनि हामीलाई, प्रधानमन्त्री पनि हामीलाई, गृह, अर्थ, रक्ष्ँा सबै हामीलाई कसले भन्दैछ - सत्तामा पनि जाने, व्रि्रँेही फौज पनि राख्ने - सैनिक मञ्चमा पनि सलामी खाने, शक्तिखोरमा पनि सलामी खाने - सेना, प्रहरी कसैले बढी सिट जित्दैमा पछिलाग्ने जात हुनुहु“दैन । राष्ट्र, लोकतन्त्र र जनताको पछिलाग्ने जात हुनर्ुपर्छ, शान्तिको पछिलाग्ने जात हुनर्ुपर्छ । तपार्इंहरूलाई जनताले चिनेका छन् । लेनिन, स्टालिन, माओ, पोलपोट, किमइलसुङ, फिडेल क्यास्ट्रो र चारु मजुमदार जातका होइन तपाईंहरू - हतियारले अहंकारको विकास गर्छ र यही अहंकारले नागरिक अथवा संस्थाको विकास गर्छ । माओवादीमा त्यो दम्भ अझै गएको रहेनछ । राजामा हतियारकै दम्भ थियो, यही दम्भले उनलाई खायो । राजपाठ गुमाउनुपर्‍यो । माओवादी विनम्र हुनर्ुपर्ने बेला अहंकारी बनेका छन् । र टु“डिखेलमा देखँएको सैन्यवादी अहंकारको आगोमा जलेर माओवादी स्वयम् कमजोर हुनेछन् ।

हामी राजालाई बम हान्ने दर्ुगानन्द झाका अनुयायी हौं । राणा शासनलाई समाप्त पार्ने वीपी र गणेशमानका पथगामी हौं । अधिनायकवादीलाई राजास“ग भन्दा हामीस“ग लड्न गाह्रो हुन्छ । हामी शान्तिमा विश्वास गर्छर्ाा, त्यसैले हिंसाको विरोध गर्छर्ाा । हामी लोकतन्त्रवादी हौं, हतियारमोह छैन । आवश्यक परे २८ वटा होइन २ सय ८० वटा शिविर खोल्न सक्छौं । २० हजार लडाकु होइन, लोकतन्त्र रक्ष्ँाका लागि लाखौं लडाकु तयार गर्न सक्छौं । परम्परागत राजा-महाराजाका दिन सकिए होलान्, गणतन्त्र ल्याएर नया“ राजा बन्न खोज्नेहरू पनि आखिर सकिन्छन् । 

नेपालको राजनीतिक पृष्ठभूमि र विकासक्रम अग्रगामी प्रवृत्तिको छ । हरेक पटकको संर्घष्ाले अग्रगमन सुनिश्चित गरेको छ । अब यहा“ कुनै पनि रूप अथवा कलेवरको प्रतिगमन हुन सक्दैन । एकलौटी राज्य केवल भ्रम हो । प्रेस स्वतन्त्रतामाथि धावा नबोले हुन्छ, अब नेपाल अ“ध्यारो युगमा र्फकन सक्दैन । पार्टर्ीीे उचाइ गणितले बढ्ने होइन, लोकतान्त्रिक मूल्यप्रतिको निष्ठाले बढ्ने हो । घेरा हाल्ने, सिध्याउने युद्धका भाषा नबोले हुन्छ, राजाले सिध्याउन नसकेको जनता दाहालको पार्टर्ीी सिध्याउन सक्दैन ।

देशलाई अग्रगमनबाट समृद्धि हासिल गर्दै लोकतन्त्रको भविष्य सुनिश्चित गर्ने दिशामा बढाउनर्ुपर्छ । यसका लागि अहंकार र द्वन्द्व होइन, मेलमिलाप र एकता आवश्यक छ । राजाको समेत विर्ता हुन नसकेको यो देश माओवादीको विर्ता हुन सक्दैन । तर्सथ पनि माओवादी नेतृत्व सबैभन्दा संयमित र जिम्मेवार बन्नर्ुपर्ने हो । बोली, व्यवहार र क्रियाकलाप लोकतान्त्रिक मूल्य अनुकूलका हुनुपर्ने हो । माओवादीलाई बदलिएको राजनीतिक पर्रि्रेक्ष्यमा जिम्मेवार र संयमित बन्न समय भने दिन सकिन्छ । उसले आफ्नो दायित्व बुझ्यो र समयस“गै आफूलाई बदल्यो भने फेरि पनि मौका उसैलाई प्रँप्त भएको छ । यो वास्तविकता आत्मसात नगर्ने हो र देशलाई आफ्नो कठपुतली बनाउन लाग्ने हो भने नया“ पुस्ताका लोकतन्त्रमा विश्वास राख्ने सबै युवा संगठित हुन जरुरी छ ।

इतिहासले हामीलाई माओवादी अधिनायकवाद विरुद्ध लड्ने अभिभारा सुम्पेको रहेछ भने त्यो पनि अहोभाग्य ठान्नर्ुपर्छ । सबैखाले निरंकुशता र अधिनायकवादस“ग संर्घष्ा गर्दै देशलाई पर्ूण्ा लोकतान्त्रिक बनाउने महाभियानमा क्रियाशील रह“दा मृत्यु प्रँप्त भयो भने पनि त्यसलाई सहजै वरण गर्ने तत्परता हामी सबैमा हुन जरुरी छ ।

लेखक, नेपाली कांग्रेसका युवा नेता हुन् ।

i agreed some how with his writting?

what u say?

Read Full Discussion Thread for this article