Posted by: Yes_K June 3, 2008
बिदाई
Login in to Rate this Post:     0       ?        
१ बर्ष अगाडी पहिलो पटक एक जना साथीले मलाई sajha.com को link दिएको थियो । त्यस बेला मलाई sajha को बारेमा पूर्ण ज्ञान थिएन । कहिले काँही हेर्ने गर्थे । एक दिन बाङ्गे भन्ने पात्र देखे एउटा थ्रेड मा, मन नलागी नलागी पढ्न सुरु गरे त्यो थ्रेड, त्यो कथा पढे पछी बल्ल मलाई थाहा भयो साझा को वास्तविक स्वाद । त्यो दिन देखी दीप ज्यु का कथा हरु खोजी खोजी पढे । प्रत्यक पटक साझा भित्र छिर्दा एउटा आशा हुन्थ्यो, कतै दीप ज्यु को कथा पो आयो कि । मैले साझामा post हुने सबै कथा हरु पढेको छु, तर मेरो यो कथा पढ्ने श्रीङ्खला दीप ज्यु को त्यही बाङ्गे माहत्म्य बाट नै सुरु भएको थियो । यो बिदाइ भन्ने थ्रेड देखे, मलाई लाग्यो यो त त्यही पुरनो बिदा भन्ने थ्रेड हो, त्यसैले म यो थ्रेड भित्र पसेको थिइन । आज अचानकै भित्र पसे, पहिले त मलाई विश्वाश नै लागेन, दीप, साझा को एउटा अभिन्न अङ्ग, कसरी साझा बाट छुटिन सक्छ? तर यो एउटा तितो सत्य थियो । म अझै  पनि आशा गर्छु, दीप ज्यु ले साझा लाई अपाङ्ग बनाउनु हुने छैन। साथै म साझाको एउटा पाठकको हैसियत ले अरु सर्जक  somewhereondearth, crazylove, fucheketo, rahulbhai, surnataal , dipika ... हरुलाई यसरी साझा बाट बिदा लिने भन्ने बारेमा नसोच्नु हुन पनी आग्रह गर्दछु।
Read Full Discussion Thread for this article