शायद यसो भन्दा अतिसयुक्ती नहोला कि साझा प्रतिको मेरो क्रेजको एउटा प्रमुख, उत्क्रिस्ठ र अर्थपूर्ण क्षमा दीप र उन्का कथाहरु थिए। साधारण घटनाहरुको असाधारण प्रस्तुति हरु जो थिए, तिनिहरु अतुलनिय थिए र शायद नेपाली कथा संग्रह भाग १ र २ जस्तै दीपका कथाहरु पनि मानसपटलमा अमिट भएर निरन्तर, अबिरल र अनवरत उब्जिरहनेछन। सबै कथाहरु लिस्ट गरिरहन सकिन। तर त्यो 'इन्द्रेणी' कथा, त्यहाँकी सुसिल र स्निग्ध इन्द्रेणी अनी चन्चल तर इमान्दार दीप सदैब सम्झिरहने बिम्बहरु हुन। अनी त्यो अन्तिम पारीद्रिस्य, जहाँ इन्द्रेणि लाग्न खोज्दा खोज्दै पनि समय निख्रिरहेको छ, त्यो अत्यन्त उत्क्रिस्ठ छ।
कुनै खेद छैन कि दीप ले आफ्नो जीवन चर्यालाई यता र उताका तुलोहरुमा मिलाएर साझाबाट बिदा लिने निर्णय गरेका छन। उन्को निर्णय, र उन्को जीवन। मेरो सम्मान र शुभकामना सदैभरी। तर स्वार्थ म संग पनि छ र म पनि चाहन्छु उनि फर्किउन। आउ तिमी पुन: फर्कीएर र साझा फुलबारिमा अरु सुन्दर पुष्पहरु उमारिदेउ।