सर्ब प्रथम त यस धागोमा, यस गजल्-अगजलमा आफ्ना अमुल्य टिप्पणी दिनु हुने सबैमा हार्दिक आभार प्रकट गर्न चाहन्छु। मन पराइ दिनु भयो, धन्यवाद। खोट देखाइ दिनु हुने प्रती अझ आभारी छु। अन्यथा सुधार कहाँ बाट हुन्छ?
नेपे दाई,
सुनलाई धन र रगत ( खून लाई ) मानबिय संबेदनाको रुपमा लिएको हुं। भौतिक दुनियाँमा हराएका हरु लाई झक्झकाउने सन्देश दिन खोजेको हुं। हुन सक्छ यहाँ निर शिरिष जी ले भने जस्तै राइमा मिलाउने धून मा सुन र खून मेरो मस्तिष्कमा झंक्रित भएको। ५ मिनेट चिलिम ब्रेकमा उडिरहेको धुंवामा आक्रिती खोजेको मात्र थिएं। त्यो सिर्जना उत्क्रिष्ठ छ, र हुनु पर्छ भन्ने दावा गर्ने खाल को हावा पनि होइन। तपाईंहरुकै सल्लाह सुझाव अनी मार्ग निर्देशान अलिकती मात्र पनि आत्मसाथ गर्ने सकियो भने अबश्य पनि अनुपम सिर्जना गर्नु सक्छु होला। आखिर अल्छि मान्छे न परें। अल्छि को बल्छी मा माछा त के भ्यागुता नि अल्झिंदैन रे भन्छन।
शिरिष जी,
हो, गजल को शास्त्रीय नियमको ज्ञान म संग छैन। अझ भनुं शास्त्रीय ज्ञान लाई ध्यान न दिएको पक्कै हुं। यस मानेमा प्राबिधिक रुपमा अ-गजल भएको हुनु पर्छ। तपाईं को सल्लाह सुझाव शिरोधार्य छ। सिक्ने प्रयासमा असफल प्रशिक्षार्थी भएको छु। ओखती तीतो हुन्छ भन्ने थाहा नहुने कहिलेइ स्वश्थ हुन सक्दैन। त्यसैले तपाईं को कुरा लाई अन्यथा लिएको छैन।