Posted by: aman June 2, 2008
बोल्सेविक क्रान्ति का कुर गर्ने हे ठुला नेता तिम्रा घैटा मा घाम कैले लाग्छ
Login in to Rate this Post:     0       ?        

यसरी गरे माओवादीले आक्रमण

लक्की चौधरी

जेठ १९ - घटना कैलालीको स्थानीय दैनिक 'धनगढी पोस्ट' र 'श्री नेपाल टाइम्स' मा लेख प्रकाशित भएपछि सुरु भएको हो । एउटै लेख धनगढी पोस्टमा जेठ ११ र श्री नेपाल टाइम्समा जेठ १३ गते 'कस्तो दुर्ुभाग्य, कतै ऐन कतै चैन' शर्ीष्ाकमा छापिएको थियो ।

लेखमा मुख्य दर्ुर्ुइवटा मुद्दा उठाइएका थिए । एउटा उर्मा गाविस-४, रामपुरमा बनाइएको कृत्रिम तालको पानी उपभोग र ठेक्काबाट उठेको रकमको विषय थियो । अर्को सोही वडास्थित प्रसिद्ध बेहडाबाबा शिवजीको मन्दिरमा बर्सर्ेे लाग्ने मेलाबाट उठेको आम्दानीको अनियमितताबारे थियो । ताल सोही वडावासीले १९९७ सालमा ठूलो बा“ध बा“धेर सि“चाइ प्रयोजनका लागि बनाएका थिए । २०५२ साल अगाडिसम्म तलाउ गाउ“को मातहतमा थियो । सि“चाइ प्रयोजनमा रोकतोक थिएन । तालको पानीले १ सय ३५

बिघा जमिनलाई बाह्रै महिना सि“चाइ पुग्थ्यो ।

सशस्त्र द्वन्द्व सुरु भएपछि ०५२ सालदेखि ताललाई गाविस मातहतमा ल्याइयो । गाविसले ताललाई माछा पालनका लागि ठेक्कामा लगायो । ठेक्काबाट पाउने रकम भने माओवादीले उठाउन थाले । यो क्रम ०६४ सालसम्म रह्यो । ठेक्काबाट उठेको रकमको ४० प्रतिशत गाउ“लेलाई दिने सम्झौता भएको थियो । गाविसले नै त्यो रकम पाएन भने गाउ“लेले झन् कहा“बाट पाउनु । गाउ“लेले सि“चाइका लागि पानी पनि पाउन छाडे । गाविसले पानी नफाल्ने र्सतमा ठेक्का दिएको बताए पनि ठेकेदारले आफूखुसी तालको पानी फालेर माछा मार्न थाल्यो । सि“चाइको एकमात्र आधार तालको पानी बेमौसममा बाहिर फालेर सुकाइदिएपछि गाउ“लेले पटक-पटक गाविस र जिल्ला प्रशासनमा गुनासो गरे । त्यसको कुनै सुनुवाइ भएन ।

अर्को मुद्दा तालमाथिको डा“डामा रहेको बेहडाबाबा शिवमन्दिरको आम्दानीको हो । हरेक साल जेठको गंगादशहरामा त्यहा“ ठूलो मेला लाग्ने गर्छ । मेला सञ्चालनका लागि व्यवस्थापन समिति बनाइएको छ । त्यो समितिमा माओवादी कार्यकर्ताकै बाहुल्य छ । त्यसअघि मन्दिरका पुजारी बरिखा गिरीको मातहतमा मेला चल्थ्यो । त्यसबापत उठेको रकम स्थानीय बेहडाबाबा मावि र पुजारीको संरक्षणमा रहन्थ्यो । कसैले दाबी गर्दैनथे । द्वन्द्व सुरु भएपछि मेलाबाट माओवादी कार्यकर्ताले रकम उठाउन थाले ।

यिनै दर्ुर्ुइ विषयलाई मैले उक्त लेखमा समेटेको थिए“ । मुलुक शान्तिको बाटोमा उन्मुख भइसकेको र माओवादी पनि सरकारमा गइसकेको अवस्थामा स्थानीय जनताले ताल ठेक्का र मेलाबाट उठेको रकमको हिसाबबारे जानकारी पाउनुर्ुपर्छ भन्ने मेरो माग थियो । पत्रिकामा लेख प्रकाशित भएपछि गाविसले जेठ १३ गते नौवटै वडाका बासिन्दालाई पत्र लेखेर छलफलका लागि मन्दिर परिसरमा बोलायो । बैठकमा मलाई पनि बोलाइएको थियो । एक जना पत्रकार साथीलाई लिएर म छलफल स्थलतिर हि“डे । करिब साढे बाह्र बजेको थियो । मन्दिर परिसरमा नौवटै वडाका र्सवसाधारण जम्मा हुनेक्रम जारी थियो । हामी भेला स्थलमा पुग्नै लागेका थियौं ।

त्यसैबेला मेला व्यवस्थापन समितिका अध्यक्ष फूलराम चौधरी, सचिव रतन खाती र माओवादीका समानुपातिक उम्मेदवार रामसमझ रानाले नेतृत्व गरेको करिब १२/१५ जनाको समूह आएर 'केही कुरा गनर्ुर्ु भन्दै बाटैबाट तानेर लग्यो । मन्दिरकै तल खाल्डोमा लगेर उनीहरूले 'हामीविरुद्ध कलम चलाउने त“ को होस् - माओवादीस“ग हिसाब किताब खोज्ने - त“ गृहमन्त्री होस् - त“ पत्रकार गाउ“को कि सहरको -' भन्दै ममाथि आक्रमण गर्न थाले । निर्घर्ााकुटपिट गरिसकेपछि स्थानीय कनरी चौकीबाट आएका सहायक निरीक्षक वीरभद्र खडायतसहित चार जना प्रहरीले मलाई मन्दिर परिसरमा ल्याए । उनीहरू गाविस सचिव गणेशप्रसाद ओझालाई सुरक्षा दिन आएका थिए । मलाई मिटिङका लागि जम्मा भएका गाउ“लेको बीचमा लगियो । त्यसपछि पत्रिकामा प्रकाशित लेखलाई पढ्न लगाउ“दै पिट्दै गरियो । प्रहरीले खतरा देखेर मलाई मन्दिरभित्रै राखेर सुरक्षा दियो । कुटपिट गरेको मेरो घर रहेको वडा ४ का बासिन्दाले थाहा पाएछन् । उनीहरू मेरो सुरक्षाका लागि त्यहा“ आए । छलफलमा आएका बा“की ८ वटा वडाका बासिन्दा आफूहरूलाई छलफलका लागि बोलाएर कुटपिट गर्न थालिएको भन्दै त्यहा“बाट भागे । त्यहँ“ माओवादीका करिब १५/२० जनामात्रै बा“की थिए । गाउ“ले र माओवादी कार्यकर्ताबीच एकछिन भनाभन भयो । त्यही भनाभनपछि झडपमा परिणत भयो । झडपबाट मेला व्यवस्थापन समितिका सचिव रतन खाती घाइते भए । अन्य सबै घटनास्थलबाट बेपत्ता भए । झडप साम्य भएपछि मलाई मन्दिरबाट बाहिर निकालेर गाउ“तिर लगियो । मेरो घरमा पुगेको पा“च मिनेटपछि धनगढीबाट पत्रकार र मानव अधिकारवादीको टोली आइपुग्यो । घटनाबारे जानकारी लिइसकेपछि उनीहरूले गाउ“मा खतरा देखेर मलाई तत्काल धनगढी लगे । धनगढी पुगेलगत्तै गाउ“लेमाथि फेरि आक्रमण भएको खबर पाए“ । त्यसमा ९ जना निर्घर्ााकुटिएको जानकारी पाए“ । केही छिनमै घाइतेहरूलाई सेती अञ्चल अस्पताल पुर्‍याइयो । सा“झको बेला एक जना घाइतेलाई लिएर केही पत्रकार साथीहरूस“ग म अस्पताल गए“ । अस्पतालको इमर्जेन्सी कक्षको ढोकामै घाइते खडक चौधरीलाई माओवादी कार्यकर्ताले फेरि आक्रमण गरे ।

म चिकित्सकलाई जचाएर औषधि लिई सुरक्षित स्थानतिर लागे“ । त्यहा“ बस्नसक्ने अवस्था थिएन । अस्पतालमा पनि आक्रमण हुनसक्ने अवस्था थियो । गाउ“लेहरूलाई कुटपिट गरेर गम्भीर घाइते बनाइएको थियो । कसैको टाउकोमा ५/७ टा“का लगाइएको थियो भने कसैको हात भा“चिएको थियो । त्यसमध्ये मीनबहादुर चन्द र रामबहादुर चौधरीको अवस्था गम्भीर थियो । उनीहरूलाई थप उपचारका लागि भारतको लखनऊ लैजान चिकित्सकले सिफारिस गरेका थिए । वातारण आतंकित थियो ।

गाउ“का पुरुष जति बस्ने वातावरण नभएर अन्यत्रै शरण लिन गएको खबर पाए“ ।

अर्को दिन जेठ १४ गते प्रशासनले नागरिक समाज, मानव अधिकारवादी र पत्रकारहरूलाई छलफलका लागि खबर गर्‍यो । हामी प्रशासन पुग्नुअघि गाउ“का बासिन्दा र माओवादी कार्यकर्ताहरू त्यहा“ पुगिसकेका थिए । मूलद्वारबाट छिर्नेबित्तिकै 'हामीविरुद्ध लेख्ने पत्रकार यही हो, यसलाई ठेगान लगाउनुर्ुपर्छ' भन्दै माओवादी कार्यकर्ताले फेरि ममाथि आक्रमण गरे । मलाई कुटपिट गर्दा प्रमुख जिल्ला अधिकारी -प्रजिअ) क्षेत्रबहादुर भण्डारी र प्रहरी उपरिक्षक -एसपी) सुरेश केसी माथिल्लो तलाबाट मूकदर्शक भएर हेरिरहेका थिए । सुरक्षाका लागि प्रहरीहरू १०/१२ जनामात्रै उपस्थित थिए । उनीहरूले मलाई सुरक्षा दिन सकेनन् । मलाई बचाउन खोज्दाखोज्दै तीन/चार जना पत्रकार र इन्सेकका क्षेत्रीय संयोजक खडकराज जोशीले समेत पिर्टाई खाए । भीडबाट मलाई बाहिर निकालेर माथिल्लो तलामा रहेको प्रजिअको कक्षमा पुर्‍याइयो । पिट्ने समूह आधा घन्टासम्म प्रशासनमै थियो । पत्रकार साथीहरूले प्रजिअ र एसपीस“ग कुटपिट गर्नेलाई गिरफ्तार गर्न माग गरे तर उनीहरूले कुनै चासो देखाएनन् ।

सुरक्षाको अनुभूति नभएपछि सबै पत्रकारले त्यो रात प्रजिअ कक्षमै धर्ना दिएर बितायौं । भोलिपल्ट १५ गते गणतन्त्र दिवसको दिन थियो । गणतन्त्रको खुसियालीमा ठूलो र्‍याली निकालिएको थियो । पत्रकारले पनि प्रेस स्वतन्त्रता र सुरक्षाको ग्यारेन्टी माग गर्दै बिहान विरोध र्‍याली निकाल्यौं । जुलुसमा नागरिक समाज, मानव अधिकारवादी, व्यापारी, महिलालगायतले ऐक्यबद्धता जनाएका थिए । जुलुस फर्केपछि प्रशासनले कार्यालय प्रवेशमा रोक लगायो । लामो विवादपछि प्रशासनले भित्र छिर्ने अनुमति दियो । हामी जुलुसमा गएका बेला राजनीतिक दलका प्रतिनिधि र प्रशासनबीच माओवादीको कुटपिटकै विषयमा छलफल भइरहेको थियो । माओवादी नेताले कुटपिटमा आफ्ना कार्यकर्ताको संलग्नता नरहेको दाबी गरेपछि बिनानिष्कर्षछलफल टुंगिएको खबर राजनीतिक दलका नेताले दिए । त्यसपछि पत्रकार, मानव अधिकारवादी, नागरिक समाजका प्रतिनिधिसहित प्रजिअ र एसपीस“ग छलफलमा बस्यांै । त्यसको आधा घन्टा नबित्दै माओवादीको नेतृत्वमा एक समूह पत्रकारविरुद्ध नाराबाजी गर्दै आइपुग्यो । सुरक्षा व्यवस्था कडा बनाइएको थियो । करिब ५ सय जनाको भीड मूलगेटबाट भित्र छिर्ने प्रयास गरिरहेको थियो । हामी माथिल्लो तलाबाट त्यो भीड हेरिरहेका थियौं । तनाव निकै बढिसकेको थियो । एकछिनपछि त्यो भीडले प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थाल्यो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्‍यो, अश्रुग्या“स प्रहार गर्‍यो । त्यतिले पनि नियन्त्रण नभएपछि हवाई फाइरिङ गरियो । त्यतिखेरै गोली लागेर पर््रदर्शनकारीमध्येकै तीन जनाको मृत्यु भएको र ७/८ जना घाइते भएको खबर आयो । मृतकका शव र घाइतेहरूलाई अञ्चल अस्पताल पुर्‍याइयो । तनाव ज्यादै बढेपछि प्रशासनले धनगढी नगरमा कफ्यर्ुर्ुारी गर्‍यो ।

पत्रकारसहितको छलफलमा बसेको टोली सबै प्रशासनमै थुनिएको थियो । बाहिर निक्लने वातावरण थिएन । सा“झमात्र हामी सुरक्षित स्थानतिर लाग्यौं । माओवादी कार्यकर्ताले मलाई जहा“ देखे पनि मार्ने धम्की दिएकाले आफ्नो सुरक्षाका लागि कैलाली छोड्न बाध्य भए“ । मेरो पत्रिका अहिले बन्द छ । अहिले म निराशा र चिन्तामा दिन बिताइरहेको छु । सुरक्षाको अवस्था भने राम्रै अनुभूति गरिरहेको छु ।

मेरो परिवारका सदस्यहरूको भने साह्रै चिन्ता लागेको छ । अहिलेसम्म आक्रमणकारीहरूलाई प्रशासनले गिरफ्तार नगरेकोमा दुःख लागेको छ ।

Read Full Discussion Thread for this article