Posted by: Birkhe_Maila June 2, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

चौतारी प्रथम औतारी परिक्षाको रिजल्ट!

(प्रथम हुनेलाई एउटा सिंगै राँगा वा भैँसि पुरस्कार !
द्वितिय हुनेलाई, एक प्लेट म:म, एक प्लटेट छोयला, एक प्लेट कचिला,एक प्लेट जँला, एक प्लेट दयाँकुला, एक प्लेट मिक्स्ड चटामरी,एक बटुको तामाको झोल र एक माना ताइचिनको चिउरा पुरस्कार!
तृतिय हुनेलाई एक प्लेट म:म पुरस्कार!
फेल हुनेलाई ३ दिन भोकै राखेर म:म पाकिराखेको ठाउँमा बाफ र बास्ना आउने गरि ३ घन्टा
राखिने छ!)

नोट: पुरस्कार पाउनेले सम्पूर्ण पुरस्कार कसैसंग सेयर नगरि खानु पर्ने छ, अन्यथा अंक घटाएर फयल बनाइने छ।

सहि उत्तर र पाएका अंकहरु-

(१) ठूल्दाईले नेताहरुको खिल्लि उठाउँदा के ठुल्दाई दिल्लिमा थिए?
सबैभन्दा मिल्ने उत्तर- "निज राहुल भाई रायमाझी उर्फ ठुल्दाइले चुरोसको खिल्ली मात्र उठाउने भएकोले नेताहरु को त के कुरा भयो र? हेँख हेँख हेँख"- रिट्ठे

"नेताहरुको खिल्ली उडाउन दिल्ली लागेका ठुल्दाइ भोकले चुर भै म:म को सट्टा चिकन् चिल्ली खोज्दै जादा दिल्लिका सिल्लिहरुले बिल्लिको मासु समेत् नदिने भनेर धम्काएपछि यहाँ बसेर नेताको खिल्ली ऊडाउन भन्दा सुर्यको खिल्ली उडाउन मजा हुन्छ तारेमाम भन्दै आफ्नै घर मरु भिल्ली मा फर्कनु भएको थियो"- पर्वते

 

२) चुरोट जेठो कि ठुल्दाई जेठो?

सबैभन्दा मिल्ने उत्तर-  "ठुल्दाइ जेठो हुनुपर्छ, नामै ठुल्दाइ"- सान्नानी

३) म:म खाएको र पकाएको अनुभवलाई नियालेर भन्नुहोस, यो सबै अनुभव प्राप्त गर्न कतिवटा भैँसिको प्राण आहुती भयो? त्यसबाट छोयला कचिलाको अनुभवमा परेका भैँसिहरु घटाउनुहोस!

सबैभन्दा मिल्ने उत्तर- "ठुल्दाइले मरीसकेको भैंसीको मात्र म:म खाने गरेकोले उक्त आरोप बिल्कुल निराधार छ !" - रिट्ठे

"भाईंसी र रांगो बिचको भिन्नता नखुट्याइ प्रश्न सोधिएकोले उत्तर नदिने निर्णय गरियो।"- सुन्तले

४)सरकारी कामको अनुभवले ठुल्दाईलाई यि दुई मध्ये कुनमा बढि आनन्द दियो? क)चिया खानमा ख) घाम ताप्नमा

सबैभन्दा मिल्ने उत्तर- "दुबइमा नभै चिलिम तान्न मा।"- सान्नानी

५)भोकाएको बेला आफ्नो अगाडि एक प्लेट म:म, एक खिल्लि चुरोट, टीविमा वन डे म्याच, र रेडियोमा नेपालको राजनैतीक परीवर्तनको ब्रेकिङ न्यूज आएरहेको छ, र ठूल्दाई यि सबै चिज मध्ये कुनै एक चिज गर्न सक्छन, भन्नुहोस ठुल्दाई के गर्नुहुन्छ?

सबैभन्दा मिल्ने उत्तर- "साझा खोनु हुन्छ। सबै कुरै एकै ठाउंमा। "- सुन्तले
 
यि उत्तरहरुको आधारमा, सुन्तलेले २ अंक, सान्नानीले २ अंक,रिट्ठेले २ अंक र पर्वतेले १

अंक प्राप्त गरेका छन्।

सुन्तले,रिट्ठे र सान्नानीले दिएका अरु उत्तरहरु केलाएपछि, सुन्तलेले "कुखुरा जेठो कि

अन्डा?" भनेर मास्टरलाई नै प्रश्न सोधेकोले १ अंक घटुवा गरिएको छ! त्यस्तै रिट्ठेले

"चिया खाँदै घाम ताप्दै काम चोर्न मा बढी आनन्द दिएको कुरा शही हो !" भनेर म गर्छु

आग्राको कुरा सम्धीज्यू गर्छन गाग्राको कुरा गरेकोले, निजको पनि १ अंक घटाइएको छ!

त्यसपछिको अंक तालिका-
 सुन्तले- १ अंक, सान्नानी २ अंक, रिट्ठे १ अंक र पर्वते १ अंक! यसबाट सान्नानी प्रथम चुनिइन, एउटा सिंगै रांगो सहित बधाई छ! मारे पाप पाले पुन्य!

अब रिट्ठे, पर्वते र सुन्तलेमा गोला प्रथा गर्दा हामिले तिनैजनालाई एउटा कोठामा राखेर बन्द गर्यौँ! र अचानक बाहिरबाट लहरेलाई ठूलो ठूलो स्वरमा 'नैपकिन नैपकिन!" भन्न लगायौँ र ढोका खोलेर भित्र पस्यौँ! भित्र सुन्तले र रिट्ठे आ-आफ्नो प्रेम कहानी सुनाउन मा व्यस्त थिए भने पर्वते फेन्ट भएका थिए! जाबो नैपकिनको नामले फेन्ट हुने पर्वतेलाई रांगा र त्यसबाट बनेका परिकार दिन नहुने निर्णयका साथ एक अंक घटाएर शून्य अंक दिइएको छ। यसका साथै फेल हुनेमा पर्वते प्रसादपुडासैनि पर्नु भएको छ। तिन दिनको भोक तथा म:मको बास्नाको लागि बधाई छ!

फेरि रिट्ठे र पर्वतेको टाइ भएकोले , पुन: गोला प्रथा गर्न हामि बाध्य भएका छौँ!यस क्रममा रिट्ठे र सुन्तलेलाई एउटा एउटा प्रश्न सोधियो। रोमांटिक वातावरणमा आँखा चिम्लेर केहि रोमान्टिक वाक्य भन्नु परे के भन्नुहुन्छ भनेर सोध्यौँ! यसको उत्त्रमा सुन्तलेले " यात्रामा तिमी!" भनेका थिए भने रिट्ठेले " पिंक फन्टमा तिमी" भनेर भनेका थिए! यसरि फेरि पनि दुवैको अंक बराबर भयो, र अन्तिम हतियार स्वरुप परिक्षा  आयोजक समितीले चलाख प्रश्न सोधेका थिए! आफैँलाई खाउँ खाउँ लाग्दा के याद आउँछ भनेर! यसमा सुन्तलेले 'सुन्तला' भनेका थिए भने रिट्ठेले 'रिट्ठा' भनेका थिए! सुन्तला खान हुने तथा रिट्ठा खान नहुने भएको कारणले रिट्ठेको एक अंक घटाएर तृतिय बनाइए भने, सुन्तले द्वितिय भएका छन!

 द्वितिय र तृतिय बनाउँदा पटक पटक गोला प्रथा गर्नु पर्दा आयोजक समिती साह्रैनै भोकाएका कारणले निजहरुलाई दिनु पर्ने म:म, छोयला , कचिला इत्यादी आफैँले खानु पर्दा यो बर्ष पुरस्कार सकिएको छ। द्वितिय र तृतिय हुनेलाई बधाई छ!
हेँख.... हेँख... हेँख...
 


 

Last edited: 02-Jun-08 03:07 PM
Read Full Discussion Thread for this article