Posted by: upendrajee June 2, 2008
will journalist surrender to Miost?
Login in to Rate this Post:     0       ?        

माओवादी धम्कीप्रति आपत्ति

कास

काठमाडौं, जेठ १९ - प्रेस युनियनले सञ्चार माध्यमप्रति माओवादी अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउ“दै प्रेस स्वतन्त्रताको सम्मान गर्न आग्रह गरेको छ ।

दाहालले गत शुक्रबार खुलामञ्चमा भएको आमसभामा कान्तिपुर दैनिकलाई आफ्नो पार्टर्ीीे खेदो गरे राम्रँे नहुने र अन्य सञ्चार माध्यमलाई पनि यसको ख्याल गर्न चेतावनी दिएका थिए ।

युनियनले आइतबार विज्ञप्ति जारी गर्दै राजाको निरंकुशताबाट मुक्त गराउन प्रेसले निर्वाह गरेको भूमिकाको कदर गर्नुको सट्टा अब ठेगान लगाइदिने अभिव्यक्ति दिएर ज्ञानेन्द्रपथको स्मरण गराएको जनाएको छ ।

यसैगरी युनियनले कैलालीका पत्रकार लक्की चौधरीलाई कुटपिट गरेको र त्यही घटनासम्बन्धी विवादमा तीन जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । युनियनले यस्ता कार्य तत्काल रोकी सुरक्षित रूपमा

समाचार संकलन गर्ने वातावरण तयार गर्न सबैस“ग माग गरेको छ ।
Read Full Discussion Thread for this article