Posted by: upendrajee June 2, 2008
will journalist surrender to Miost?
Login in to Rate this Post:     0       ?        

कैलालीका सबै पत्रिका बन्द

मोहन बुढाऐर

धनगढी, जेठ १९ - मुलुकमा गणतन्त्र कार्यान्वयनको घोषणा भएकै दिनदेखि कैलालीका एक दर्जनभन्दा बढी पत्रिका असुरक्षाले बन्द भएका छन् ।

माओवादीबाट कुटाइ खाएका थारू भाषाको पत्रिका हमार पहुराका सम्पादक लक्की चौधरी र धम्क्याइएका सुदूर सन्देशका सम्पादक/प्रकाशक हेमन्त पौडेल विस्थापित भएका छन् । अरू पत्रकार पनि लुकिछिपी हि“ड्न बाध्य छन् । स्थानीय पत्रिकाका प्रकाशक- सम्पादकले संयुक्त विज्ञप्तिमार्फ सुरक्षाको प्रत्याभूति नभएसम्म प्रकाशन गर्न नसकिने जनाए ।

सुरक्षाको माग राखेर पत्रकारहरू धर्नामा बसेका बेला बुधबार माओवादी सम्मिलित उर्माका बासिन्दा र प्रहरीबीच भएको झडपपछि यहा“का पत्रिका प्रकाशनगृह बन्द भएका हुन् ।

तीन जनाको मृत्यु भएको उक्त दुःखद घटनाको केहीबेरमै प्रेस स्वतन्त्रताविरोधी एक समूह पत्रिकाका कार्यालयहरू खोज्दै जलाउने प्रयासमा लागेको थियो । त्यसपछि तनाव र असुरक्षा भएकाले कार्यालय खोल्न नसकेको नेपाल टाइम्स दैनिकका सम्पादक करुणाकर पाण्डेले बताए । उनले भने कार्यालयको साइनबोर्ड उल्टो पारेर राखेका छन् । कम्प्युटरलगायत महत्त्वपर्ूण्ा सामानहरू र कागजात सुरक्षित स्थानमा लगिएको छ ।

धनगढीबाट सुदूर सन्देश, धनगढी पोस्ट, समाचार सारांश, मर्निङ बेल, हमार पहुरालगायत आठ दैनिक र चार साप्ताहिक र अर्धसाप्ताहिक पत्रिका प्रकाशन हु“दै आएका छन् ।

सबै पत्रिका बन्द हु“दा लाखौं पाठक सूचनाको अधिकारबाट वञ्चित हुनुपरेको न्ाागरिक समाजका प्रमोद पाठकले बताए ।      पत्रिका निस्कन नसकेपछि त्यसमा आबद्ध पत्रकार र कर्मचारी पनि अलपत्र परेका छन् । ती पत्रिकामा सयभन्दा बढी कर्मचारी र ५० भन्दा बढी पत्रकार आश्रति रहेको समाचार सारांश दैनिकका प्रकाशक हरिश भट्टले बताए ।

हमार पहुराका प्रकाशक/ सम्पादक लक्की चौधरीलाई नेपाल पत्रकार महासंघ कैलालीले सुरक्षाका लागि राजधानी पठाएको छ । थारूको बाहुल्य रहेको कैलालीमा यो पत्रिकाका झन्डै एक हजार पा“च सय ग्राहक छन् । जिल्लाभरि २० जनाभन्दा बढी संवाददाता र पा“च जना कर्मचारी रहेको उक्त पत्रिकाले जनाएको छ । 

जिल्लामा कार्यरत पत्रकार सुरक्षाका लागि ठाउ“ फर्ेर्दै बस्दै आएका छन् । सम्पादक पाण्डेले भने- 'मैले यस्तो असुरक्षाको महसुस तत्कालीन राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा पनि गरिन“ ।'

पत्रकार लक्की चौधरीले उर्मा गाविसको महादेव ताल र मन्दिर व्यवस्थापनको विषयमा समाचार लेखेपछि कुटाइ खानुपरेको थियो । उनलाई माओवादीका समानुपतिक उम्मेदवार रामसमज राना र कार्यकर्ता फूलराम चौधरीलगायतले कुटेका थिए ।

जिल्ला प्रहरी प्रमुख सुरेन्द्र केसीले पत्रकारको सुरक्षामा प्रहरी गम्भीर भएको बताए । 'असुरक्षाका कारण पत्रिका प्रकाशन बन्द नगरे हुन्छ,' उनले भने- 'कुनै पत्रकार वा पत्रिकाको कार्यालयले मागे हामी सुरक्षा दिन्छौं ।'

Read Full Discussion Thread for this article