Posted by: ritthe June 2, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

हस्तिनापूर गाबिस  बस्ने, नन्दबहादूरको नाती, चन्दबहादुरको छोरा बन्द बन्द ढोका भित्र मन्द मन्द मुस्कान छोड्डै प्रश्न सोध्ने बिर्ख बहादुर बोगटिको प्रश्नहरुको उत्तर:

परीक्ष्यार्थीको नाम: रिट्ठा राज राठोड
कक्षा: पौने २

१) ठूल्दाईले नेताहरुको खिल्लि उठाउँदा के ठुल्दाई दिल्लिमा थिए?

उ. - निज राहुल भाई रायमाझी उर्फ ठुल्दाइले चुरोसको खिल्ली मात्र उठाउने भएकोले नेताहरु को त के कुरा भयो र? हेँख हेँख हेँख

२) चुरोट जेठो कि ठुल्दाई जेठो?

उ. - हात्ती बलियो कि हाती चाप चप्पल बलियो भने जस्तै हो !

३) म:म खाएको र पकाएको अनुभवलाई नियालेर भन्नुहोस, यो सबै अनुभव प्राप्त गर्न कतिवटा भैँसिको प्राण आहुती भयो? त्यसबाट छोयला कचिलाको अनुभवमा परेका भैँसिहरु घटाउनुहोस!

उ. - मिलोड, ठुल्दाइले मरीसकेको भैंसीको मात्र म:म खाने गरेकोले उक्त आरोप बिल्कुल निराधार छ !

४) सरकारी कामको अनुभवले ठुल्दाईलाई यि दुई मध्ये कुनमा बढि आनन्द दियो? क) चिया खानमा ख) घाम ताप्नमा

उ. - चिया खाँदै घाम ताप्दै काम चोर्न मा बढी आनन्द दिएको कुरा शही हो !

५) भोकाएको बेला आफ्नो अगाडि एक प्लेट म:म, एक खिल्लि चुरोट, टीविमा वन डे म्याच, र रेडियोमा नेपालको राजनैतीक परीवर्तनको ब्रेकिङ न्यूज आएरहेको छ, र ठूल्दाई यि सबै चिज मध्ये कुनै एक चिज गर्न सक्छन, भन्नुहोस ठुल्दाई के गर्नुहुन्छ?


उ. - प्रश्न मिलेन, ति सबै भन्दा पनि ठुल्दाइ बाहिरको 'चिच्याउने बाकस' मा खोक्स दिन रुचाउनु हुन्छ !

तारेमाम !
Read Full Discussion Thread for this article