Posted by: Birkhe_Maila June 2, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

आजको हिसाबको प्रश्न-

(उत्तर दिँदा सकेसम्म आफ्नै भाषा शैली र टाउकोभित्रको गिदि प्रयोग गर्नुभइ अंक दिँदा यस्ता उत्तरलाई प्रोत्साहन गरिने छ।)

पुर्णाङ्क- १००

उत्तिणाङ्क- ३२

(सबै प्रश्नहरु अनिवार्य छन्।)

 ठूल्दाईले म:म खाएको अनुभव २२ बर्षको छ, म:म पकाएको अनुभव २६ वर्षको छ। १२ वर्ष सरकारी काम गरेका र सरकारि काम गर्दा दिनमा ३ कप कालो चिया खाएको अनुभव छ। ५ कप कालो चिया संग औसतमा ३ खिल्लि चुरोट खाएको अनुभव पनि छ। यस्तै ५ खिल्लि चुरोट तान्दा राजनिती, नेता र गुन्डाहरुको ३ पटक खिल्लि उडाएको पनि अनुभव छ। पुराना गित सुनेको अनुभव २६ वर्षको छ र गित सुनेर मन छोयला भएको अनभव १२ वर्ष छ भने मन कचिला भएको अनुभव १३ वर्ष। अब निम्न प्रश्नहरुको उत्तर दिनुहोस।

१) ठूल्दाईले नेताहरुको खिल्लि उठाउँदा के ठुल्दाई दिल्लिमा थिए?

२) चुरोट जेठो कि ठुल्दाई जेठो?

३) म:म खाएको र पकाएको अनुभवलाई नियालेर भन्नुहोस, यो सबै अनुभव प्राप्त गर्न कतिवटा भैँसिको प्राण आहुती भयो? त्यसबाट छोयला कचिलाको अनुभवमा परेका भैँसिहरु घटाउनुहोस!

४) सरकारी कामको अनुभवले ठुल्दाईलाई यि दुई मध्ये कुनमा बढि आनन्द दियो? क) चिया खानमा ख) घाम ताप्नमा

५) भोकाएको बेला आफ्नो अगाडि एक प्लेट म:म, एक खिल्लि चुरोट, टीविमा वन डे म्याच, र रेडियोमा नेपालको राजनैतीक परीवर्तनको ब्रेकिङ न्यूज आएरहेको छ, र ठूल्दाई यि सबै चिज मध्ये कुनै एक चिज गर्न सक्छन, भन्नुहोस ठुल्दाई के गर्नुहुन्छ?

(समाप्त)

Read Full Discussion Thread for this article