Posted by: Birkhe_Maila June 2, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

लिखितम धनिका नाम, चौतारी गा बि स, उपल्लो गाउँ घर भई हाल हस्तिनापूर गा बि स  बस्ने, नन्दबहादूरको नाती, चन्दबहादुरको छोरा म बिर्ख बहादुर बोगटि, मक्किएको तथा चर्किएको नलिखुट्टा समेत को रोहबरमा, फुक्लिन लागेलो बुद्धीबङ्गारा साक्षी राख्दै सपै गाम्लेलाई जदौ ठक्र्याउँछु, जदौ!

एवँप्रकारले, माथि चौतारी गाम्लेहरुले गरेका भलाकुसारि र गफगाफमा सम्मिलित नभए पनि आज बिहानै सुर्जोदयको बेला देखि, सबै भलाकुसारि हेरेर, जानेर र पढेर म नन्दबहादूरको नाती, चन्दबहादुरको छोरा  बिर्ख बहादुर बोगटिको नाइटो भन्दा केहि माथिबाट, एउटा हाँसोको गोलो वायु फनफनि घुमेर छाति हल्लाउँदै घाँटिको बाटो हुँदै मुखबाट निस्केकोले, सपै गाम्लेलाई लोल टक्र्याउँछु, लोल!

Read Full Discussion Thread for this article