Posted by: upendrajee June 1, 2008
Prachand thretened media - including Kantipur
Login in to Rate this Post:     0       ?        
सरकार गठन सेना समायोजनपछि
नेपाली कांग्रेसका नेता तथा शान्ति मन्त्री रामचन्द्र पौडेलले सेना समायोजन र माओवादी जनमुक्ति सेनाको हतियार ब्यवस्थापन नभएसम्म नयाँ सरकार गठनको प्रक्रिया अघि नबढ्ने बताएका छन् ।

संविधान संशोधन, माओवादी जनमुक्ति सेनाको हतियार ब्यवस्थापन र सेना समायोजबारे छलफल गर्न संविधानसभामा प्रतिनिधित्व गर्ने १३ ठूला दलको बैठक जारी छ । जेठ १९ गते सिंहदरवार शान्ति मन्त्रालयमा जारी छलफल आजै निश्कर्षमा पुग्ने सम्भावना कम रहेको शान्ति तथा पुनर्निर्माण मन्त्री रामचन्द्र पौडेलले बताए ।

बैठककै बीच बाहिर निस्किएका मन्त्री पौडेलले संचारकर्मीहरुसँग कुरा गर्दै सेना समायोजन र हतियार ब्यवस्थापन भएपछि मात्र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने बताए । माओवादी अध्यक्ष प्रचण्डले संविधानसभाको दुई तिहाइ पुर्‍याए प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले जुनसुकै बेला सरकार छाड्ने पनि मन्त्री पौडेलले उल्लेख गरे । 
Read Full Discussion Thread for this article