Posted by: Nepe May 31, 2008
केही गजलहरु
Login in to Rate this Post:     0       ?        

Waka-jyu,

 

यसलाई ठट्यौलीमुलक रचनाको रुपमा प्रस्तुत गर्नुभएको भए ठीकै छ, नत्र ता शुरुमै अप्ठेरो अश्लिलदोष छ । त्यसलाई पुनर्लेखन गर्ने सल्लाह दिन्छु ।

 

अब एउटा नयाँ कुरा । वास्तवमा प्राचीन कुरा । गजललाई आरम्भिककालमा प्रियतमसंग गरिने सम्वाद भनेर चिनिन्थ्यो/लेखिन्थ्यो । त्यो पनि स्त्री प्रियतम नभएर पुरुष प्रियतम नै (कसैकसैले समलिङ्गी प्रेमी समेत भनेका छन्) । स्त्रीपात्रलाई सम्बोधन गर्ने त धेरै पछि (शायद लखनउमा) शुरु भएको हो । आधुनिककालमा प्रियतमलाई सम्बोधन गर्न छाडेर सामजिक मुद्धाहरुलाई सम्बोधन गर्न थालियो । यो अद्यावधि जारी छ ।

 

मेरो प्रिय शैली चाही आफ्नो रुचीको वा आफ्नो प्रिय सामाजिक-राजनैतिक मुद्दाहरुलाई आफ्नो प्रियतमलाई झै सम्बोधन गरेर सम्वाद गर्नु रहेको छ । एउटा उदाहरण:

 

सामुन्ने छिन् मायालु अझै कुरिरहेछु म

जमिन दूरी हैन रेछ आफै दूरी रहेछु म

 

राजनीतिमुक्त श्रृङ्गार-रसका गजल पनि मलाई तीनको कोमलता र मार्मिकता (poignancy) हेरी प्रिय नै लाग्छन् ।

 

कुरो आएर कोमलता र poignancy मा अडियो ।  आफ्नो प्रियतमको बारेमा गजल लेख्दा उनलाई एक सुन्दर (graceful), सुरुचीसम्पन्न (good taste भएकी), स्वाभिमानी, आत्मविश्वासी, आत्मचाहना स्पष्ट भएकी (भन्छन् नि she knows what she wants, त्यस्तो के) र केही रहस्यमयी समेतको रुपमा कल्पना गर्नुपर्छ भने आफुलाई चाही एक सामान्य मान्छे तर असामान्य प्रशंसक/जिज्ञासु/शुभेच्छुक/दिवाना को रुपमा कल्पना गरेर लेख्नुपर्छ, अनि आउँछ त्यसमा कोमलता र मार्मिकता ।

 

आफुलाई एक desirable पात्र वा उनीलाई गोबर (fool), बेईमान वा सस्ती पात्रको रुपमा कल्पना गरेर लेखेको गजल जतिसुकै मनोरन्जनात्मक भए पनि मलाई अप्रिय लाग्छन् ।

 

नशाले छुन छाडे रसिलो ओठ चुम्न देउ

 

यस मिसरामा शायरले आफुलाई एक desirable पात्रको रुपमा र उनीलाई चाही एक सहज उपलब्ध स्त्रीको रुपमा हेरेको छ । ल एकछिन मानिलिउँ, शायर कुरुप र खत्तम चरित्रको छ रे, यस्तोमा उनले उसलाई किन ओंठ चुम्न दिने ? के उनी नगरवधु हुन् ? त्यसैले यो ओंठ चुम्बनको आग्रहमा कोमलता होईन कठोरता छ, अझ अपमान छ भने पनि हुन्छ । यो मैले उदाहरणको लागि मात्र भनेको हो है, तपाईको गजललाई नै तौलेको होईन ।

 

तपाईको गजलको पछिल्ला तीन शेरहरुमा र खास गरेर पछिल्ला दुई शेरहरुमा कोमलता छ । यो पनि उदाहरणको लागि मात्र भनेको है ।

 

जे भएपनि आफ्नो प्रियतम र आफुलाई कस्तो रुपमा कल्पना गर्ने भनेर मैले माथि जे भनें त्यो ठ्याक्कै अनुसरण नगरे पनि यसो उपयोगी बहसको रुपमा भने याद राख्नुहोला ।

 

अब एउटा कुरा नी । यदि कुनै वास्तविक बेईमान पात्रको बारेमा लेख्नुपर्‍यो भने के गर्ने ?

 

मेरो विचार सोध्नुहुन्छ भने म त बेईमान पात्र नै हुँदैनन् भन्छु, कमसेकम काव्यिक संसारमा । कोही मान्छे पनि आफुलाई प्रेम गर्ने मान्छेसंग बिना ठूलै कारण बेईमानी गर्दैन । हामीले जेलाई बेईमानी भन्छम त्यो त हामीले कारण नबुझेर वा बुझ पचाएर वा बुझ्न नचाहेर मात्र त्यस्तो लागेको हो क्या ।

 

यस खेपमा यत्ति ।

 

Nepe

Read Full Discussion Thread for this article