Posted by: upendrajee May 31, 2008
Prachand thretened media - including Kantipur
Login in to Rate this Post:     0       ?        

ँकांग्रेस र एमालेले नबुझे जनगणतन्त्र’

कास

काठमाडौं, जेठ १७ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र एमालेले कुरा नबुझे 'जनवादी गणतन्त्र' का लागि संर्घष्ा गर्ने चेतावनी दिएका छन् ।

'ज्ञानेन्द्रको कुबुद्धिले गणतन्त्र आयो,' खुलामञ्चमा शुक्रबार आयोजित गणतन्त्र विजयसभामा उनले भने- 'कांग्रेस र एमालेले कुरा नबुझे जनगणतन्त्र आउ“छ ।'

दाहालले अक्टोबर क्रान्ति -रुसमा लेनिनको नेतृत्वमा बोल्सेभिक पार्टर्ीी गरेको सत्ता कब्जा) खुलमखुला गर्ने चेतावनी दिए । 'अक्टोबर क्रान्ति खुलमखुला हुन्छ,' उनले भने- 'लुकेर होइन ।'

'चुनाव हार्ने' लाई राष्ट्रपतिको लोभ नगर्न उनले सुझाव दिए । 'दुनिया“लाई थाहा छ, हामीले राष्ट्रपति भनेर चुनाव लड्यौं,' उनले भने- 'अहिले हारेकाले राष्ट्रपति भन्ने -'

भाषणमा कांग्रेस र एमालेप्रति उनको बढी आक्रोश देखिन्थ्यो । संविधानसभाले माओवादीलाई नेतृत्वका लागि जनादेश दिएको उल्लेख गर्दै दाहालले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद आफूहरूलाई चाहिने दाबी गरे । 'कुनै पार्टर्ीीवशेषलाई राष्ट्रपति दिन सहमति जनाएका छैनौं । राष्ट्रपति, प्रधानमन्त्री, अध्यक्ष यसलाई भनिएको छैन,' उनले भने- 'त्यसमा पनि जसलाई चुनावबाट जनताले हराएका छन्, तिनलाई राष्ट्रपति बनाउन तयार छैनौं ।'

कांग्रेस र एमालेले शक्ति सन्तुलनका निम्ति दुवै पद एकै दलस“ग हुन नहुने अडान राख्दै आएका छन् । सरकार गठनका लागि दलहरूबीच सहमति नभए सदनको दर्ुर्ुइ तिहाई चाहिने संवैधानिक व्यवस्था भए पनि संविधानसभामा कसैको पनि बहुमत छैन ।

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजीनामा नदिएकामा उनले आक्रोश व्यक्त गरे । 'हारिसकेपछि राजीनामा दिने संसारभरिको चलन हो,' उनले भने- 'मस“ग अमेरिकाले यही भन्छ । कांग्रेस/एमालेस“ग अर्कै भन्छ कि -'

जेठ १५ मा गणतन्त्र कार्यान्वयन घोषणाका लागिमात्र आफूहरू संवैधानिक राष्ट्रपति व्यवस्था गर्न सहमत भएको उनले बताए । 'गणतन्त्र बनाउन राष्ट्रपति र उपराष्ट्रपतिमा सहमति जनाएकै हो,' उनले भने- 'नभए त्यो दिन -संविधानसभाको पहिलो बैठक) प'mुत्कने थियो । अन्तर्रर्ााट्रय सम्मेलन केन्द्रमा भाषण गर्न नपाएपछि यहा“ यो कुरा भन्दैछु ।'

संविधानसभा सुरु हुनुअघि भएको छलफलमा माओवादीले नया“ संविधान नबनेसम्म राष्ट्रपति व्यवस्था नगरी प्रधानमन्त्रीलाई कार्यवाहक राष्ट्राध्यक्ष बनाउने अडान राखेको थियो । गणतन्त्र कार्यान्वयनको अनुभूति र शक्ति सन्तुलनका लागि राष्ट्रपतिको व्यवस्था गनर्ुर्ुर्े कांग्रेस, एमालेको अडानमा अन्तिम बेलामा मात्र माओवादी सहमत भएको थियो ।

अर्का नेता बाबुराम भट्टर्राईले चुनावी परिणामको 'गणित' नबिर्सन आग्रह गरे । 'राष्ट्रपति मागेर पाइने होइन,' उनले भने- 'हिजो माओवादीले हाम्रा अध्यक्षलाई राष्ट्रपति घोषणा गर्दा भित्ताको भनेर उडाइयो । अहिले र्‍याल चुहाउन पाइ“दैन ।'

शान्ति सम्झौता र अन्तरिम संविधानको मर्मअनुसार चल्न आफूहरू तयार रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले कांग्रेस र एमालेले जनादेश नमान्ने प्रयास गरिरहेको आरोप लगाए । 'जनताको यति ठूलो आदेश पाउ“दा पनि माओवादीलाई घेरा हाल्नेरे -' उनले चेतावनीसाथ भने- 'अब कसले कसलाई घेरा हाल्छ, हर्ेर्दै जाऊ“ ।'

शान्ति प्रक्रिया, बहुदलीय प्रतिस्पर्धा र संविधान बनाउन सबैलाई स“गै लैजाने प्रतिबद्धता जनाउ“दै दाहालले अन्य दलले शान्ति प्रक्रियामा बाधा हाल्न खोजेको आरोप लगाए । 'हतियार नष्ट गनर्ुर्ुर्े रे, सेना विघटन गनर्ुर्ुर्े रे -' उनले भने- 'लाज नभएपछि जे भने पनि हुने । दुनिया“मा कही“ नभएको आठौं आर्श्चर्य । हतियार ल्याएर कहा“ डढाइन्छ - बेइमानहरू ।'

अहिले पनि माओवादीलाई हेप्न खोजिएको र पटक-पटक र्सत थपेर शान्ति प्रक्रियामा बाधा हाल्ने प्रयास भइरहेको उनको आरोप थियो । 'कांग्रेस र एमालेले जनताविरुद्ध शान्ति प्रक्रिया बिथोल्दै त छैनन् -,' उनले भने- 'यसमा पुनर्विचार गर्न आग्रह गर्छर्ुर्ु माओवादीलाई जसरी पनि घेर्छर्ुर्ुन्नुभयो भने तपाईंहरू घेरामा पनर्ुर्ुुन्छ ।'

'कसैले बेइमानी गरे के गनर्ुर्ुर् भनेर जनताले मन बनाएर बसेका छन्,' उनले भने- 'आर्मी, पुलिस सबैले कुरा बुझेका छन्, जित्नेको पछि लाग्ने कि हार्नेको -'

संयुक्त सरकार र संविधान निर्माणमा दलहरूस“ग मिलेर जान तयार रहेको उल्लेख गर्दै उनले दर्ुर्ुइ वर्षा नया“ संविधान बनाई आम निर्वाचन गर्ने प्रतिबद्धता जनाए । 'हामी सत्तामा गएपछि उनीहरूजस्तै नगलहत्याएसम्म छोड्दैनन् भन्ने भ्रम नपाले हुन्छ,' उनले भने- 'हामीले जे भन्छौं त्यो पुग्दै आएको छ । तपाईंहरूले भन्या उल्टो हुन्छ । आफूजस्तो नठान्नु होला ।'

दलहरूले अहिलेसम्म पनि माओवादी चिन्न नसकेको उनको दाबी थियो । 'चिन्नु भएकै छैन,' उनले भने- 'हामी जति पनि लचिलो र कठोर हुनसक्ने खालका छौं । हामी अर्कै जातका हौं ।'

माओवादी नेतृत्वमा संयुक्त सरकार बने महत्त्वपर्ूण्ा मन्त्रालय आफैंले राख्ने संकेत पनि उनले

गरे । 'हामीले पनि सहकार्य गर्न चाहेका छौं,' उनले भने- 'माओवादीको नेतृत्वमा संयुक्त सरकार बनाउनुर्ुपर्छ । -अरू दलले) धेरै लोभ चैं नगर्नू ।'

माओवादीले सरकार र संविधान सभाको नेतृत्व कसरी गर्दोरहेछ भन्ने परीक्षण गर्न दलहरूस“ग उनले आग्रह गरे । 'गल्ती गर्‍यौं भने त्यति बेला आलोचना गनर्ुर्ुेला,' उनले भने- 'आन्दोलन गर्नू । माओवादीले भन्दा ठूलो । उल्ट्याउनू ।'

कांग्रेस र एमालेले चुनाव हानर्ुर्ुे कारण माओवादी नभई उनीहरू आफैं भएको उनको दाबी छ । 'आफ्नै कारणले हारेका हुन्, उनीहरू आफैभित्र छिर्नै खोजेका छैनन्' उनले भने- 'माओवादीलाई धन्यवाद दिनुपर्ने हो । हाम्रो समानुपातिकका कारण कांग्रेस, एमालेको इज्जत रह्यो ।'

चुनाव जितेका कार्यकर्तामा आउनसक्ने दम्भप्रति आफूहरू सचेत रहेको उनले बताए । 'चुनाव जितेकाले दम्भ आउ“छ कि भन्ने डर छ,' उनले भने- 'वाईसीएलको ब्यारेक सिस्टम हटाउन तयार छौं ।'

Read Full Discussion Thread for this article