Posted by: shirish May 30, 2008
गजल !!
Login in to Rate this Post:     0       ?        

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=4&ThreadID=57951

 

You guys seemed to have missed this written by Nepe:

 

 

मात हुनु, रात हुनु, जून तारा, सारा हुनु !

यस्तोमा हाय ! हाय! हाय! उनी टाढा हुनु !

 

के हुँदो हो, गएर उनी टहल्ने बगैंचामा

थपक्क फूल बन्नु अथवा सुटुक्क कांढा हुनु !

 

जुल्फीहरु सुन्छु उनको उदास छन् अरे

हावा हो ! जाओ, गएर उनी छेउ छाडा हुनु !

 

उनको सामु रुनु छ, हिच्किछाउँछु कि क्या हो

आँसु हो ! लौ है, मेरो मुश्किलमा सहारा हुनु !

 

यो बिडम्बना हो ? कि यो मायाको सम्मोहन हो ?

जति जति टाढा हुनु, उत्ति उत्ति गाढा हुनु !

 

शिबिरको विश्राममा मात्तै हो मेरो ढिपी

यात्रा हो ! तिमीहरु यथासम्भब गाह्रा हुनु !

 

अर्थौक के चाहियो नेपे तँलाई रात काट्न ?

हेर्न एउटा चन्द्रमा, गन्न लाख तारा हुनु !!

Read Full Discussion Thread for this article