Another interesting poem published in NepaliPost.Com:
http://www.nepalipost.com/nepali/sahitya.php?nid=5733
क्षतिपूर्तिको क्षितिज
१
बाँच्नुको मूलमा स्वार्थ, न बोले युद्ध हुन्छ कि !
समाजको समाधान निर्वाचन महौषधि ।
२
द्वन्द्वमा मारिए होलान् लुटिए कतिका पति
फर्काऊ भन्नु बेकार निर्वाचन जिते जति ।
३
मारे सरकार बन्नेले माओवादी गनी गनी
लुटे सतीत्व नारीको कोठैभित्र पसी पसी ।
४
लर्डाईंमा गए ज्यान ज्यान बाहेक सम्पत्ति
कति नोक्सान भो होला राष्ट्रको त्यो समुन्नति ।
५
कोट्याएर हुदै हुन्न शान्तिको चाहना भए
सबै बिर्से त भैगोनि लोकतन्त्र हुने भए ।
६
जोरी नै खोज्न लागे त माओवादी नि भन्दछन्
'फर्काउ जनसेनाको टाउका ती गनी गनी ।'
७
पहिलो विश्वयुद्धैमा हरुवामाथि लादियो
क्षतिपूर्ति अखानो हो अर्को युद्ध मडारियो ।
८
पार्टी सर्कारको घाटा त्यो कुरो पर नै रहोस्
व्यक्तिको क्षेत्रको घाटा तिर्न बाधा कतै न होस् ।
९
जे जस्को जतिभो घाटा नोक्सान त्यो गनी गनी
मुआवजा दिई देउन् सर्कार ती स्वयम् बनी ।
१०
माओवादी भई देउन् सरकार बनेपछि
जनता खुश नै हुन्छन् विकासले उठेपछि ।
११
सेना राष्ट्रिय होस् ऐले लोकतन्त्र फलोस् फुलोस्
बहुदलीय सत्तामा प्रतिस्पर्धा बनी रहोस् ।
१२
जनताले सबै हेरे पुराना र नयाँहरू
शान्ति खातिर भुलौं यी क्षतिपूर्ति कुराहरू ।
१३
कसले कसको ऐले फिर्ता के गर्न सक्छ र ?
नोक्सानै जे हुने भैगो न मागौं भन्नुपर्छ र ?