Posted by: Birkhe_Maila May 30, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

पदोन्नती तथा बहुपद प्रदान:

हालै केहि समय यता चौतारी रसरंग प्रधान, अध्यक्ष चौतारी गित संगित टाँसटुस महाशाखा, संवाददाता चौतारी समाचार समिती जस्ता तीन तीन वटा पदभार सम्हालिराखेका श्री लहरेकान्त लाकौलको बहुप्रतिभा, बहुआयामिकता, बहुलचकता तथा बहुकर्मी बानिब्यहोराले गर्दा चौतारीमा हुने कामकार्वाहिमा यथेष्ठ सुधार तथा रोमांचकता थपिएको छ। यस बाट प्रभावित  भइ मन्त्रीपरीषद्ले निज लाकौका केहि पदहरु मा पदोन्नती(बढुवा) तथा केहि अरु पदभारहरु पनि प्रदान गरेको छ। अबदेखि लागु हुने निजका पदहरु यसप्रकार छन्-

१) चौतारी रसरंग प्रधान

२) अध्यक्ष चौतारी गित संगीत महाशाखा (९९.९९% शेयर सहित)

३)प्रमूख आयुक्त तोतेबोलि सुधार आयोजना।

४) चौतारी समाचार समिती (चौसस) का संवाददाता रहिआउनुभएकोमा, आज देखि, बरिष्ट संवाददाता, 'इन लोकेसन, न्यूज डिभिजन' चौतारी समाचार समिती रहने छ।

५) गणतन्त्रपछि गठन भएको बिभाग, चौतारी गणतान्त्रिक जदौ सुधार समितीमा आज देखि निज लाकौल नै महासचिब रहने छन्।

६) पूर्व 'चौतारी गालिगलौज समाज' आजका दिन देखि चौतारी गालिगलौज तथा निरलज्जि समाज' का रुपमा परीवर्तन हुँदैछ, उक्त समाजबाट पूर्व अध्यक्ष श्रि भगुतभाई भन्डारीलाई बर्खास्त गरि, श्री लहरेकान्त लाकौललाई राखिएको छ।

७) यसैगरि गणतन्त्र पछि गठन भएको एक अर्को बिभाग, "घाइते उद्धार हेतु स्वउद्धार परियोजना' का महानिर्देशकको पदभार पनि निज लाकौललाई नै सुम्पिने निर्णय गरिएको छ।

८) यस्तै बिगतमा निज लाकौलले देखाएको गित गजल महेफिल प्रतिको उत्सुकता र लगनलाई हेर्दै, मन्त्रीपरीषद्ले ,' चौतारी शाम-ए-गलज प्रतिष्ठान' गठन गर्दै प्रत्येक साँझ सन्चालनमा ल्याउने भएको छ र यसको 'प्रमूख उस्ताद' को पद पनि निज लाकौल लाई नै दिइएको छ।

यसैले अब उपरान्त लहरेकान्त लाकौलको पुरा पद राखेर निजले भन्नुभएको केहि कुरा लेख्नु पर्यो वा भन्नु पर्यो भने यसरि भन्नु पर्दछ। उदाहरणका लागि "लहरेले 'हाँस्यो कि मास्यो' भन्नु पर्दा-

श्री लहरेकान्त लाकौल, 'चौतारी रसरंग प्रधान' तथा 'चौतारी गित संगित टाँसटुस माहशाखाका अध्यक्ष' तथा  'तोतेबोलि सुधार आयोजना का प्रमूख आयुक्त' तथा चौतारी गालिगलौज तथा निरलज्जि समाजका अध्यक्ष' तथा 'इन लोकेसन, न्यूज डिभिजन  चौतारी समाचार समिती का बरिष्ट संवाददाता'  तथा  'चौतारी गणतान्त्रिक जदौ सुधार समितीका महासचिब'  तथा 'घाइते उद्धार हेतु स्वउद्धार परियोजनाका महानिर्देशक' तथा  'उस्ताद  चौतारी शाम-ए-गलज प्रतिष्ठानका प्रमुख'  ले हाँस्यो कि मास्यो भन्नुभयो! भनेर भन्नु पर्दछ!

नोट- यदी श्री लाकौलले आजको मितीले १५ दिन भित्रमा आफ्नै तोतेबोलीमा राम्रो सुधार ल्याउन नसकेको देखिएमा, निजलाई माति उल्लेखित सम्पूर्ण पदवाट बर्खास्त गरिने कुरा पनि जानकारी गराउन चाहन्छौँ!

Last edited: 30-May-08 03:26 PM
Last edited: 30-May-08 03:35 PM
Read Full Discussion Thread for this article