Posted by: Rahuldai May 30, 2008
गजल !!
Login in to Rate this Post:     0       ?        

गजल!!

या  नजदिक हुनु या  टाढा हुनु
सुन होइन खून झै गाढा हुनु।

उर्बशीहरुको उर्बर महफिलमा
न  सीता   हुनु   न   राधा हुनु।

पर्खि बसे आउँदैन पालो अब,
सके  पुरै  न सके   आधा लिनु


गुण्डा अण्डाको फन्डा बेच्दैछन

काम छैन अब सिधा साधा हुनु।
 

या  नजिक हुनु या  टाढा हुनु
सुन होइन खून झै गाढा हुनु।

Read Full Discussion Thread for this article