Posted by: serial May 30, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

                                                                     फुटेको समाचार
चौतारीमा दिनप्रतिदिन मान्छे घाइते हुने क्रम जारी छ। अस्ती पर्वते न्याप्किन लागेर घाइते भो, हिजो जिम्बाल जिम्बालनीको कुटाइ खार र आज फेरी चौतारी कै अर्का भलादमी ठुल्दाइ भनिने राहुल भाई रायमाझी सख्त घाइते भएका छ। घाइते कसरी भयो भनेर अहिले सम्म थाहापाउन सकिएको छैन। ठुल्दाइ पनि सम्पर्कमा आएको छैन।
एकैछिन है, अँ अँ एsssssss
दर्शक ब्रिन्द अहिले पाएको ताजा ताजा खबरका अनुसार ठुल्दै तारेमाम तरेमाम छैन म्याम भन्दै चौतारी गाँउ डुलिरहेको जानकारीमा आएको छ।

अहिले मात्र प्राप्त सुँइको को अनुसार, राहुल भाई रायमाझी कसैको कुटाइ खार नि हैन केहीले लागेर नि होइन बरु कसैको चन्चल नयन रुपी बाणले लागेर घाइते भएको जानकारी आएको छ। अस्ती मात्रै कुनै तरुनी ले हेरिमात्र दिएपनी जवानी फेरी लाग्ने कुरा गरिरहेका ठुल्दाइको पुकार  आज बिहान भगवान ले  सुनिदिएको कुरा पनि थाहा हुन आएको छ।  

आज बिहान काममा तल्लिन भएको अवस्थामा यानी नेपाल र अफ्गानिस्तान बिचको क्रीकेट म्याच हेर्ने क्रममा, एक सुर ले लाईभ क्रिकेत आफ्नो कम्प्युटरमा हेरिराखेको बेला ठुल्दाइको सिक्स सेन्स ले वार गरेको र झसँग भइ आफ्नो बडेमाको जिउको सानो घाँती माथिको टाउको एसो घुमाउदा भक्खर कि तीनएज कटाएकी सुन्दर सेतो छालाले ढाकेकी कल्कलाउदी इस्त्रीले आफु माथि नजर टिकाएर आफुलाई ईशारा गरिराखेको देखेपछी, अली अली बाँकी रहेको होश पनि पुरै केही छिन को लागि गुम्न गएको जानकारी प्राप्त भएको छ।

केही बेर पछी गुमेको होश लाई फेरी प्राप्त गरी आफुले सपना देखेको होकी बिपना भन्दै आँफैले आँफैलाई चिमोट्दा रातो छाला कालो हुन पुग्दा पनि दङ भै ठुल्दाइ ले पनि आफ्नो कालो जुँगा मुनिको चिलिम च्याप्ने ओठँ लाई बिस्तारै खोलेर मुसुक्क हाँसेर त्यो केटीलाई देखाएका थिए। एस्तो किसिमको आदानप्रदान केही बेर चल्यो र केटीले ईशारामात्र प्रदान नगरि आफ्नो नयन झिम्काइ नयन बाण प्रदान गर्दा ठुल्दाइ लाई ४२० वोल्त तो झट्का पनि परेको जानकारी आएको छ।

आफु धन्य भएको सम्झी, अझै पनि आफु कसै भन्दा काम नभएको गुन गान मन मनै गरेको र यो कुरा चाँही हामीले उन्को अनुहार लाई दितेल रुप्मा अध्यन गरे पछी चाल पाएको हो। खुशीको सिमाना नभैराखेको बेलामा आफ्नो जुँगा मुसार्न लाई के हाठ माथि उचालेको थियो, उनलाई  फेरी उन्कै  सिस सेन्स ले फेरी वार गरेपछी आँफैले आफुलाई प्रश्न सोध्न वाध्य भएका थिए, आफुले एउटा उत्तर पाउने आशा गर्दा अर्को पाउने र यो पाउनुपर्दा त्यो पाउने भैराखेको बेलामा गल्ती ले मिस्टेक भएर आफ्नो टाउको पछाडि घुमाउन पुगेका थिए। घुमाएको टाउकोमा भएको आँखाले केही देखेपछी ठुल्दाइलाई  १००० वोल्त लागेको र तेस्पछी उन्को मुखबाट "तारेमाम तारेमाम आफुलाई छैन म्याम" भन्ने शब्द निक्लेको पनि जानकारीमा आएको छ।


ठुल्दाइले टाउको घुमाउदा के देख्यो त भनेर अध्यन गर्दा, कालो बर्ण को हाकु छोएला भन्दा हाकु मान्छेले पनि धेरै कुरा प्रदान गरिरहेको र त्यो प्रदान ठुल्दाइ लाई नभइ त्यो केटी लाई भएको र एसरी दिने लिने क्रममा सिङ्नल ब्रेक भएर केही सिग्नल ठुल्दाइ माथि पर्न आएको रहेछ।
एसरी आफुलाई बज्रपात भएपछी त्यो हाकु छोएला लाई चाँही हेर्ने तर म मन छोएला लाई किन नहेर्ने भनी प्रश्न नि आफुले आँफैलाई गरेका थिए।

अहिले ठुल्दाइ को हाल केही सामान्य भयता पनि कुनै पनि बेला बल्झिन सकिने जानकारी गराउन चाहन्छौ।

अहिले लाई आग्या दिनुस् धन्यवाद अनी नमस्कार तारेमाम्।

Read Full Discussion Thread for this article