Posted by: saru_bhakta May 29, 2008
जीवनका अन्तर्कथा अनी अन्तरबेथाहरु
Login in to Rate this Post:     0       ?        

SurNaTal, Somewheredowndearth and Mailo_Bhai......thanks much.

Part 3

बिहानिको सिरेटोमा तिमीलाई भेट्न आउँला,
अब यी बाँकी जीवन तिमीसङै बिताउँला ।

दीपक खरेलको त्यो गीत जस्तै । बिहानि त सधैं तेही नै त हो । उषाको लाली हरु मलाई अर्कै लाग्यो त्यो दिन । मानौं कि त्यो घाम मेरै लागि नयाँ बिहानि लिएर आएजस्तो । मेरो जीवनमा नयाँ उमङ उब्जिएको थियो । हिजो सम्म माधुरी, रविना, जुही लगायत अन्य हिन्दी फिल्मका हिरोइनको कल्पना गर्ने ति मेरा आँखामा केबल तेही प्याजी रङ को कुर्ता सल्वार वालिको मात्र झझल्को थियो । के तेही नै थियो त माया ?

के भो बाबु आज तपाईंलाई चिया पिउन पर्दैन ? आज त चुपचाप हुनुन्छ नि? भाउजुको आवाजले झस्किय म । होइन भाउजु म माथि भान्छामा आउन लागेको थिए, मेरो उत्तर थियो । मौन थियो मेरो त्यो बिहानि मानौ केही हराए जस्तो , मानौ केही गुमाए जस्तो । एकछिन आँफैलाई सम्झाये , जुन कुरा मैले पाएकै छैन त्यो त गुमौने भन्ने प्रश्न नै छैन । बरु चाहनाले मलाई प्रेरित गर्दै थियो ।

छिटो छिटो स्कुल गएर उन्को सुन्दर्ताको दर्शन गर्ने लोभ मेरो मनमा जागी सकेको थियो । भाउजु भुजा पाक्यो ? मलाई स्कुल जान हतार भयो । अघी सम्म चुपचाप मेरो बिहान् अब एकाएक बेचेनी छायो म मा,  कती खेर स्कुल पुगौ जस्तो भयो । हैन कहिले भुजा खान हतार भयो नभन्ने हाम्रो बाबुलाई आज के भो ? बिहान देखी चुपचाप हुनुन्छ नि , सन्चो छैन जस्तो छ तपाईंलाई बरु सन्चो छैन भने एक दिन स्कुल नजादा पनि हुन्छ नि घरमै बसेर आराम गर्नुस , एकाएक ज्वालमुखी बिस्फोट भयो मेरो मनमा भाउजुको त्यो कुरा सुनेर । तैपनी मेरो मनमा पलाएको आशाको टुसालाई म मर्न किन दिन्थे र? हैन भाउजु मलाई एकदम सन्चो छ बरु नयाँ क्लासमा अब राम्रो सँग पढ्नु पर्छ धेरै बिग्रे जस्तो लाग्यो , मेरो उत्तरमा भाउजुको मुस्कानले समर्थता दिएको थियो ।

कुनै कुनै दिनहरु आफुले सोचेको जस्तो हुँदैन । मेरो सोचाइ भन्दा बिपरित म भन्दा पनि पहिले त्यो क्लासमा अर्कै मान्छेको आगमन भईसकेको रहेछ । शायद नयाँ क्लासको साथी हरुलाई छिट्टै चिन्न खोज्ने उन्को पनि त रहर थियो होलानी । तर मलाई लागे उनी मेरै प्रतिक्ष्यामा थियिन । मेरो मन केही खुशी थियो उन्लाई देख्न पाउदा त केही लाज । कतै थाहा त भएन उस्लाई नै हेर्न मेरा आँखा लालाइत छन भन्ने ? केही डर अनी केही लाज भए पनि अन्तत आँट गरेर बोले , "म   Mr. X " । "Hello म चाँही सरु" , मन्द मुस्कान सँगै उन्ले आफ्नो नाम भनिन । तेसो त मलाई उन्को नाम हिजो नै थाहा नभएको हैन तर पनि मेरा कान उन्को मुखबाट १००० चोटि पनि तेही बाणी सुन्न लालायित थिए । मेरो मनमा त्यो आवाज गुन्जियो "म चाँही सरु ....म चाँही सरु ...म चाँही सरु " । जसरी हिमालका चिसा हावा हरु आएर मननै सितल बनाएर जान्छ तेस्तै आभास भयो मलाई । उनी सँग धित मरुन्जेल कुरा गर्ने चाहना नभएको हैन मेरो । दुनियाँ केही हद सम्म त स्वार्थी नै छ भन्ने कुरा सास्वत सत्य नै हो । कुनै पनि मान्छे एउटा असफल मान्छेको पछी किन लागोस ? मलाई एकदमै लाज लागेर आयो अनी हिनता बोध जब उन्ले मेरो roll no सोधिन । कास म First boy भको भए अर्कै स्थान बन्थ्यो होला उन्को मुटुमा मेरोलागि । तर अफसोच, एउटा unlucky no बोकेको थिए मैले अनी लाचार थिएँ म roll no १३ को बिल्ला जो थियो म मा .......

 

contd.....

Read Full Discussion Thread for this article