Posted by: Birkhe_Maila May 29, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

मदनवाले च्याङ्बाको थप्पड खाएको घटनाले हिजो देखि चौतारीमा तनाव कायमै रहेको छ। भर्खरै गणतन्त्रमा प्रवेश गरेको चौतारी मुलुकमा घटेको यस घटनाले गर्दा सबै औतारीहरुमा दन्डहिनताको त्रास व्याप्त रहेको सन्दर्भमा 'न्याय पाउँ' भनि मदनवाले हालेको मुद्दा उपर भएको छानबिनको अंश यहा प्रस्तुत गरिँदै छ। न्यायाधिस श्री राहुलभाई रायमाझिको इजलासमा भएको उक्त मुद्दाको सुनुवाइको दृष्य यस प्रकार छ-

 

राहुलभाई- " अर्डर.... अर्डर... तारेमाम्!"

मदनवा- " जे राम जि कि न्यायाधिस हुजुर!"

राहुलभाई- " जय रा्.....तारेमाम् तारेमाम्! मदनवाले दुख पाएछ मुद्दा लिएर यहाँसम्म आएछ, तारेमाम्।"

मदनवा- " हुजुर हमि जो भोगेँछु कइल, बहुते अन्नाए भोगेँछु!, चयाङवा जो छ हमरो कनपटियामा तमाचा लगायो जोर से!"

राहुलभाई- " च्याङ्बा महाराज ?, समय तन्कियो भन्दैमा तान्न पाइन्न, मन लाग्दैमा कसैलाई थप्पड हान्न पाइन्न, तारेमाम्!"

च्याङ्बा- "ओइ नाइधेसे तोँइले बानेकु म्होइँले बुझेना, के माम बानेकु लु बान्?"

राहुलभाई- " तारेमाम् भन्या तारेमाम्, तारेमाम बिर्सने, बाँकि कुराको उत्तर पस्कने, तारेमाम्।"

च्याङ्बा- " बाँगि कुराकु उद्दार पासकाने रे? तोइँले बाँकि कुरा काइले सोद्यु लु बान म्होलाई? तोइँले कुरा सोद्या छाइना, थाप्पाड हान्नु पाइदाइना भन्यारु कुरा गार्या माद्दै छा, जान्ने हुँदोरेछा यो नाइदिसे, आइले बाजाइदिन्छु तोँलाई पानि आनि छाक पार्छा!"

राहुलभाई - (आत्तिएर सकपकाउँदै) " ल ल भयो, न्यायाधिस भएको पनि २२ बर्ष पुगेको यो राहुलभाईलाई कसैले सिकाउनु पर्दैन। के कुरा सोधेको हुन्छ र के कुरा भनेको हुन्छ, मलाई थाहा हुन्छ, तारेमाम्।"

मदनवा- " हुजुरssss!"

राहुलभाई- " ल च्याङ्बा महाराज भन्नुस तपाइँको हात पहिला चिलायो कि मदनवाको गाला पहिला चियायो, तारेमाम्?

मदनवा- " रे हुजुरsss..बात अथि्..."

च्याङबा- " ओइ धादुरे! तोँलाई आर्गो कानमा पानि चाडकान हान्नु पार्यो? नाइधिसेले म्होलाई सोद्याकु तोँ क्याना बिजमा बोल्जा???"

मदनवा- "पर हुजुर ....न्यायाधिस हजुर!"

राहुलभाई- " मदनवा, अहिले चुप लाग्ने आफ्नो पालोमा बोल्न थाल्ने, तारेमाम्।"

मदनवा- " हस हुजुर!"

च्याङ्बा- " हेँख... हेँख.. हेँख.... कास्दु डाराएरु सुकेको स्याउ जास्दु थुतुनु लाय यो धादुरेले हेँख... हेँख... हेँख..!"

राहुलभाई- " अर्डर अर्डर तारेमाम्।"

च्याङ्बा- " ओइ नाइधिसे त्हेरो भुँडि कारायु जास्दो छा, हिजो राति धेर तोङ्बा तान्यु जास्दो छ तोइँले, म्हेरो पानि धेर जाँड खायाकु बेलामा भुँडि काराउजा त्हेरो जास्दाई आडार आडार गारेरा!"

राहुलभाई- " चुप लाग्ने भनेको मैले, तपाइँले के ठानेको ऐले, तारेमाम्?"

च्याङ्बा- " लु यो नाइधिसे पानि बाउलायु आजा, आगिनै म्होलाई कुरा गार भान्छा आइलेनाइ फेरि चुबालाग भान्जा! साबाइ बाउलाइ बाउला छा जास्दु छा चाउदारिमा!"

राहुलभाई - (चिडचिडाएर) " अर्ड.....तारेमा...(उफ्)...च्याङ्बा महाराज, तपाइँको हात पहिला चिलायो कि मदनवाको गाला पहिला चिलायो? के भएको पहिला राम्रो संग भन्नुहोला केहि नभुल्नु होला, तारेमाम!"

च्याङ्बा- " पाइला म्हेरो हाद पानि चिलायाना, धादुरेको गाला पानि चिलायाना!"

राहुलभाई- (रिसाएर) " चुप लाग्नुस तपाइँ! झन के भएको पहिला राम्रो संग भन्नुस भन्दै छु, जेल मा हाल्नु पर्यो तपाइँलाई? तारेरेरेरेरेमाम्!"

च्याङ्बा- " आबा चाइँ साँच्चैकु बाउलायो यो नाइधिसे, पाइला के भायाकु राम्रो साङ्गा बान बानेकु होइना तोँइँलेनाई? राम्रो साङ्गा बानेकु पाहिला म्हेरो हाद पानि चिलायाना, धादुरेको गाला पानि चिलायाना बानेरा, झान जाङगिदोँ रेछा, यो पार्खाल भित्र बाटा ता निकाल तोँलाई दुइ टुक्रा पार्यारु एइ धादुरेको झोलामा हाल्दिन्जा म्होइँले जांङ नाचाला म्होलाई!"

मदनवा - " रे हुजुर हमि भन्छु कि पहले कथि भयो!"

राहुलभाई- (कपाल लुछ्दै) " चुप लाग्नुस तपाइँ मदनवा, नत्र सबै भन्दा पहिला तपाइँलाई खोरमा जाक्ने आदेश दिन्छु, अनि मात्र कुरा सुन्छु, तारेमाम्।"

मदनवा - " हस हुजुर,  हुजुर बडे लोग हुनुहुन्छ, हमि चुपे छु!"

राहुलभाई- " ल च्याङ्बा महाराज भन्नुस पहिला के भएको?"

च्याङ्बा- " पाइला गानातान्तारा आयु!"

राहुलभाई- " अनि अगि नै मजाले भन्नु पर्दैन गनतन्त्र आयो भनेर? सुल्टो कुरा सोध्दा उल्टो जबाफ किन?"

च्याङ्बा- (पर बसेको पुलिस संग) " ओई पुलिसे यो म्हेरो पार्खालको ताल्चा खोल् , आजा कि यो नाइधिसे छाइना कि म्हो छाइना! झान सुल्टो कुरा बन्या छा म्होइँले उल्टो पो बान्दोरेछा! पाइला कासाइको केहि चिलायाकु छाइना ता छाइना बान्ना पारेना??  पाइला गानातन्तारा आयु त्हेसपाछि आरु कुरा भायु! ओइ आइले चाइ म्हेरो हात चिलायु, लु बान दाइने कानमा चाडकान खान्जा कि देब्रे कानमा खान्जा? यो चाउरेलाई काल्ले नाइधिसे बानायु लु बान?"

राहुलभाई- (उफ २२ बर्षे अनुभवमा यस्तो मान्छे कहिले परेन, राहुलेको साढेसात टरेन, तारेमाम्।) "गणतन्त्र आएपछि के भयो च्याङ्बा महाराज?"

च्याङ्बा- " तेइँ गानातान्तारा आयु भन्यु साबाइले, म्होइँले थाहा पाएना आनि सोध्या कु, तोँ नाइधिसे भयारा नि थाहा छाइना तोँलाई गानातान्तारा आये पाछि के भायु भन्यार?"

राहुलभाई- (उफ्..... पशुपती पशुपती शक्ति देऊ) " च्याङ्बा महाराज, गणतन्त्र आएपछि देशमा के भयो भनेर सोध्या हैन, तपाइँले के गर्नुभयो भनेर सोधेको बुझ्नुभयो?"

च्याङ्बा- " बाल्ला बुज्यो म्होइँले, आगि नाई बान्नु पार्दाइना ता?"

राहुलभाई- (खुइययय....लामो सास फेर्दै) " ल भन्नुहोस न त, गणतन्त्र आएपछि तपाइँले के गर्नुभयो ?"

च्याङ्बा- " आssss गानातान्तारा आयुपाछि म्होइँले म्हेरो लोल खाच्चारलाई भोटकोसिमा लग्यारु पानी खुवायो!"

राहुलभाई- (न्यायादिसको विग लुछेर फाल्दै, आफ्नो कपाल लुछ्दै) " यो अदालत केहि समयको लागि स्थगित गरिएको छ, मेरो मनमा रिसै रिस भरिएको छ, तारेमाम्"

 

 

 

 

Last edited: 29-May-08 03:21 PM
Read Full Discussion Thread for this article