Posted by: serial May 29, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

गृह लक्ष्मी बनेर घर चलाऊन जान्ने, आफ्नो लोग्ने लाई देउता झै ठान्ने एउटी केटी चाहिएको छ, रिट्ठे पठ्ठोलाई।


हजुर चौतारीको एक मात्र वन पीस औतारी, अती नै सुन्दर, सुकेको जिउ, फुलेको भुँडी, अनी निच्च परेको हाँसोको धनी रिट्ठे रायमाझी लाई केटी को तुssss  खाँचो भएको हुँदा, एदी तपाईं योग्य भयमा, रु २५ को फारम किनी, फारम नभरी चौतारी रस्रङ समिती मा बुझाउनु होला। सिट सिमित छ, सिमित भन्दा नि एउटा मात्र सिट भएको ले तुsssss  निबेदन दिनु होला। 

मौका आउछ फर्कदैन, रिट्ठे जस्तो पठ्ठो चौतारी बाहेक अन्त कही पाउदैन।
रिट्ठे पठ्ठोको विवरण

नाम:                    रिट्ठे रायमाझी
जन्म मिती:         जन्मेकै दिन, जन्मेकै महिना, जन्मेकै साल
बसोबास:              नयाँ खर्कको गल्ली मा भएको भवनामा भएको कोठाको कुना
काम:                    लम्बुको गीत सुन्ने, हेर्ने , केटी जिस्काउने तेती बस 
मन पर्ने खाना:    ठुल्दै को म: म: - यानी ठुल्दै ले आफ्नै हात ले बनाएको म: म: वित अचार
उचाइ:                   ५'६" देखी ५'१०" - चप्पल लाउदा र जुत्ता लाउदा
जिगरी:                 लहरे लाल लाकौल - चौतारी रस्रङ प्रधान, अध्यक्ष चौतारी गीत टाँस्टुस समिती
जुगरिनी:              उफ्री उपाध्य
राशी: कन्या:         गेस हानेको
खेलकुद:               खेल्न केही पनि आउँदैन, हेर्न सबै आउछ।
रमाइलो क्षण:      चौतारी गेट तुगेदर
दु:खद क्षण:         रिया चौतारीमा आउँदा, मैले(रिट्ठेले) अप्रोच हानेको तर तेही बेला लहरेले रिया  को  नाम रिया रायमाझी राखिदियको दिन।

अरु थप विवरण अनुरोध गरेमा उपलब्ध गराइनछ।

चौतारी रस्रङ बिभाग  

 

Last edited: 29-May-08 01:16 PM
Read Full Discussion Thread for this article